१४ घण्टा लोडसेडिङ गर्दा बजारमा महंगी बढेको उद्योगीहरुले दाबी
आर्थिक परिवेश१० चैत्र, काठमाडौ । उद्योगमा १४ घण्टा लोडसेडिङ गर्दा बजारमा महंगी बढेको उद्योगीहरुले दाबी गर्नु भएको छ । नेपाल सिमेन्ट उद्योग संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले आइतवार संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर महंगी बढेको बताएका हुन् । स्टिल्स उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले हाल उद्योगमा घोषित रुपमा १२ घण्टा र अघोषित रुपमा २ घण्टा गरी १४ घण्टा लोडसेडिङ भइरहेको बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले हिउँदमा २४ घण्टामा १२ घण्टा उद्योग बन्द गर्न नसक्ने बताउनु भयो । पत्रकार सम्मेलनमा उद्योगीहरुले लोडसेडिड.का कारण प्रतिकिलो १७ रुपैयाँ ३३ पैसा लागत बढेको र लोडसेडिङबाट मात्रै…
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनकाे ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न
आर्थिक परिवेश०८ चैत्र, काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सिमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । धनुषाको ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण निर्माणसम्पन्न भई गत असारदेखि सञ्चालनमा आइसकेको छ । ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर (चपुर) बजार नजिक रहेको जङ्गलसम्मको करिब ६०…
भारतीय विद्युतबाट न्यानाे अनुभूती गरिरहेकाे नेपालमा विद्युत् कटौती हुनासाथ लोडसेडिङ
आर्थिक परिवेश०८ चैत्र, बीरगंज । भारतबाट विद्युत् आयात गरेर न्यानाे अनुभूित गरिरहेकाे नेपालमा भारतबाट विद्युत् आयात कटौती भएपछि विभिन्न स्थानमा अघाेषित लोडसेडिङ शुरू भएकाे छ । अघाेषित लोडसेडिङ का कारण बीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरू सङ्कटमा परेका छन् । विद्युत् आपूर्ति अनिश्चित भएपछि निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू बढी प्रभावित भएका हुन् । निर्माण सामग्रीको माग बढ्ने समयमा विद्युत् कटौती तीव्र बनेपछि उद्योगको उत्पादन अवरुद्ध भएको उद्योगी व्यवसायीहरू बताउँछन् । विशेषगरी उच्च विद्युत् खपत गर्ने सिमेन्ट, डण्डी, पाइप, पेन्ट्स लगायतका उद्योगहरूलाई बढी असर परेको छ । बीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा करिब ३ दर्जन यस्ता उद्योग रहेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका…
अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने
आर्थिक परिवेश०६ चैत्र, काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरूका उत्पादन प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उद्देश्यसहित महिला उद्यमी महासङ्घ नेपालले पाँच दिने ८औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने यस मेलामा देशभरका महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य वस्तु, हस्तकलाका सामाग्री, खाद्य सामाग्री, सेवामूलक वस्तु तथा सेवाको प्रवर्द्धन तथा विक्री वितरण हुने जानकारी दिनुभयो । उहाँकाअनुसार मेला स्थलमा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा,…
कालिगण्डकी गर्ज जलविद्युत आयोजनाको लगानी जुट्यो
आर्थिक परिवेश२४ फागुन, काठमाडौ । १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजनाको निर्माणको लागि वित्तीय व्यस्थापनको टुडंगो लागेको छ । आयोजना संघईग्रुप,विशालग्रुप र उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको प्रवद्र्धनमा निजी क्षेत्रकै ठूलो आयोजनाको रुपमा लगानीको सहमती भएको हो । कालीगण्डकी गर्ज हाइड्रो पावरले मुस्ताङ तथा म्याग्दी जिल्लालाई समेटेर आयोजना निर्माण गर्दैछ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने भएका छन् । आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रहेको छ । परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५ प्रतिशत रकम…