नागरिकलाई आयआर्जनसँग जोड्न स्थानीयस्तरमै रोजगार सिर्जना गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
आर्थिक परिवेश

२८ वैशाख,ढोरपाटन (बागलुङ) ।    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गरिने बताउनुभएको छ । आइतवार बागलुङमा आयोजित गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलनमा उहाँले नागरिकलाई आयआर्जनसँग जोड्न स्थानीयस्तरमै रोजगार सिर्जना गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । मुख्यमन्त्री पाण्डेले अब प्रदेशभित्रका पालिकामा बढी उत्पादन हुने वस्तुलाई प्राथमिकता दिएर जनशक्ति परिचालन गरिने बताउनुभयो । “आगामी वर्षदेखि स्थानीय र प्रदेश सरकारको सहकार्यमा नागरिकलाई गाउँमै आयआर्जनसँग जोड्ने कार्यक्रम ल्याउँछौँ, रोजगारी सिर्जना गर्छौं । कुन पालिकामा के उत्पादन हुन्छ त्यसलाई प्राथमिकता दिएर काम गर्ने र जनशक्ति परिचालन गर्ने हाम्रो योजना छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारले गाउँमा ठूलो लगानी गरेर…

यार्सागुम्बा सङ्कलकहरूका लागि पाटनहरू खुल्ला गरिंदै
आर्थिक परिवेश

  २५ बैशाख,   डोल्पा ।     डोल्पा जिल्लाका सबै यार्सागुम्बा पाटनहरू यही जेठ ५ गतेदेखि आम सङ्कलकहरूका लागि खुला गरिने भएका छन् । जिल्लाको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णय अनुसार यो निर्णय कार्यान्वयनमा ल्याइने भएको हो। शेर-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि पाटनमा प्रवेशका लागि विशेष सर्तहरू लागू गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष नरबहादुर बस्नेतका अनुसार यार्सा सङ्कलन गर्न चाहने व्यक्तिहरूले ‘क’ र ‘ख’ वर्गको पहिचान खुल्ने कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। ‘क’ वर्ग: निकुञ्ज क्षेत्रका स्थानीय नागरिक, प्रवेश शुल्क  ५००, सय ‘ख’ वर्ग: डोल्पा जिल्लाका अन्य नागरिक, प्रवेश शुल्क  २,००० हजार ‘ग’ वर्ग: अन्य जिल्ला…

विद्युत् प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई
आर्थिक परिवेश

 १९ बैशाख  काठमाडौँ ।   सरकारले विद्युत् प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने नीति लिएको छ । आज सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा अन्तरदेशीय प्रसारणलाइन निजी क्षेत्रलाई निर्माण गर्न दिन सकिने उल्लेख गरिएको छ । “निजी क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका प्रसारण लाइनहरूको विस्तार गरिनेछ । विद्युत् प्रसारण संरचना निर्माण गर्न ‘ट्रान्समिसन’ एवं ‘ह्विलिङ’ चार्ज निर्धारणसहित अन्य आवश्यक नीतिगत र नियामकीय व्यवस्था मिलाइनेछ”, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ । आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गरिने जनाइएको छ । ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ कार्यान्वयन गर्न कानुनी, नीतिगत, संस्थागत र…

ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई  प्रधानमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

१८ बैशाख, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गर्नुभयो । “पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ । लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइन्न । कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ । लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियालीस्तरको छ…

शिक्षा मन्त्रीमा रघुजी पन्तलाई नियुक्त
आर्थिक परिवेश

 १० बैशाख  काठमाडौँ ।   राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि सो पद खाली रहेको थियो ।