सुपर माछा खोला जलविद्युतमा बाणिज्य बैङ्ककाे लगानी
आर्थिक परिवेश२४ माघ, काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने भएको छ । बिहिवार काठमाडाैमा आयोजित कार्यक्रममा बुढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । कूल ९६ करोड ३८ लाख ३० हजार लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुने कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रवर्द्धक कम्पनीका अनुसार वाणिज्य बैङ्कले ६७ करोड ४६ लाख ८० हजार लगानी गर्नेछ । बाँकी २८ करोड ९१ लख…
६ महिनामा नेपालको वस्तु निर्यात ३१.८ प्रतिशत वृद्धि
आर्थिक परिवेश२० माघ, काठमाण्डौ । आर्थिक वर्षको ६ महिनामा नेपालको कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी ( छ महिनाको तथ्याड.कामा आधारित भै सार्वजनिक गरेको प्रतवेदनले यस अवधीमा नेपालको निर्यात ९८ अर्ब ७९ करोड पुगेको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा यस अवधीमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको…
बाँसखर्कमा १८ करोड ४५ लाखकाे सुन्तला उत्पादन
आर्थिक परिवेश१५ माघ, काठमाण्डौ । उच्च गुणस्तरीय सुन्तलाको बगैँचाको रुपमा चिनिएको पर्वत जिल्लाको बाँसखर्कमा यस बर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । समुुन्द्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ घरपरिवार मध्ये मालगाउँ र घुमाउने तालबाहेकका बस्तीका दुई सय बढी घरपरिवारले सुुन्तलाखेती गरेका छन् । देशका अन्य ठाउँका बगैँचामा सन्तला निख्रिएपछि माघ महिनादेखि बाँसखर्कका बगैँचामा सुन्तला टिप्न शुरु हुन्छ । यही माघ महिनाको पहिलो साता गरिएको सर्वेक्षणअनुसार बाँसखर्कको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा ५१ हजार एक सय ५१ सुुन्तलाका बोट रहेका छन् । सर्वेक्षणको…
समावेशी,दिगो र न्यून कार्बन अर्थतन्त्रको आधार बनाएर अघि बढाउनु पर्नेमा विज्ञहरुकाे जोड
आर्थिक परिवेश१५ माघ, काठमाण्डौ । ऊर्जाको विकासलाई समावेशी,दिगो र न्यून कार्बन अर्थतन्त्रको आधार बनाएर अघि बढाउनु पर्नेमा त्यस क्षेत्रका विज्ञहरुले जोड दिनु भएको छ । अन्तराष्ट्रिय स्वच्छ उर्जा दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले काठमाण्डौमा आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलनमा विज्ञहरुले त्यसतो धारणा व्यक्त गर्नु भएको हो । सम्मेलनको उदघाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताउनु भयो । मन्त्री दिपक खडकाले विकास परियोजनाहरुमा जोखिम न्यूनीकरण, आन्तरिक ऊर्जा खपत वृद्धि, ऊर्जा निर्यात प्रवद्र्धनलगायत योजनालाई कार्यान्वयन गर्दै दिगो विकासको…
माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेटले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा लगानी गर्ने
आर्थिक परिवेश१३ माघ काठमाडाै । विश्वकै महँगो पानी उत्पादक कम्पनी जापानको ‘माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट’ कम्पनीले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ । जापान भ्रमणमा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाको पहलमा वैदेशिक लगानीमार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी विदेशमा निर्यात गर्न लगानी गर्ने सहमति भएको हो । जापान लगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको सो कम्पनीसँग सिंगापुर, मलेसिया, दुबई, साउदी र कतारलगायतका देशमा पानी प्रशोधन गरि शुद्ध पिउने पानी निर्यात गर्ने समझदारी भएको मेयर शेर्पाले जानकारी दिनुभयो । सोलुखुम्बुमा ५ अर्बको लगानीमा पानी उद्योग खोल्ने सोलुदुधकुण्ड नगरपालिका र जापानिज लगानीकर्ता विच…