स्वदेशी वस्तुको प्रयोग सम्बन्धमा छलफल
आर्थिक परिवेश

  ०४ माघ, काठमाडौँ ।    सरकारको महत्त्वाकाङ्क्षी कार्यक्रमका रूपमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयन सम्बन्धी सबै मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिएको छ । उद्योग मन्त्रालयमा भएको छलफलमा मन्त्री दामोदर भण्डारीले स्वदेशमै उत्पादित कच्चा पदार्थबाट निर्मित वस्तुहरूको उच्चतम प्रयोग गर्नुपर्ने विषयमा जोड दिनुभयो । निर्देशिकालाई सबै सार्वजनिक निकायले पूर्ण रूपले पालना गर्नुपर्ने बताउँदै उहाँले स्वदेशी वस्तुको उपयोगले स्वदेशी उत्पादन वृद्धि हुने, स्वदेशमै रोजगारी सृजना हुने, गरिबी निवारण हुने र देशको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले पर्याप्त उत्पादनले स्वदेशी बजार धान्नुका साथै उत्पादित सामग्री विदेश निर्यात गरी विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक…

आयुर्वेदिक औषधि बनाउन चुत्रो प्रशोधन उद्योग सञ्चालनमा
आर्थिक परिवेश

 २८  पुष, कुश्मा, पर्वत ।    चुत्रो प्रशस्त मात्रामा  हुने  पर्वत जिल्लामा   त्यसकाे प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो । दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो सङ्कलन गरेर यहाँ प्रशोधन गरिने भएको छ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ,…

अप्पर मर्स्याङ्दी आयोजनाका लागि लगानी व्यवस्थापन
आर्थिक परिवेश

२१ पुस, काठमाडौं ।   अप्पर मर्स्याङ्दी –१ जलविद्युत् आयोजनाका लागि अावश्यक लगानी रकम जुटेको छ । लमजुङको मर्स्याङ्दी नदीमा निमार्ण हुने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा ३ बैंकले लगानी गर्ने भएका हुन् । लक्ष्मी सनराइज बैंकले सहवित्तीयकरण लगानीको नेतृत्व गरेको छ । १०२ मेगावटा क्षमताको उक्त परियोजनामा लगानी सम्झौता भएको बैंकले जनाएको छ । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा ग्लोबल आईएमई बैंक र प्रभु बैंकले लगानी गर्ने भएको हो । अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनाको कूल लागत २१ अर्ब ४० करोड रहेको छ । परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने…

५० मेगावाट दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न
आर्थिक परिवेश

  २० पुष, काठमाडौँ ।    सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि  ६५ खर्ब बराबरको लगानी आवश्यक पर्ने देखिएकाे  छ । उक्त परिमाणको लगानी हुँदा  ४० खर्ब बराबरको लगानी स्वदेशमै  परिचालन हुनेछ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारात्मक पार्ने उल्लेख गर्नुभयो । लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्वित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै अध्यक्ष कार्कीले उक्त कुरा बताउनुभएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितीमा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । अध्यक्ष कार्कीले १० वर्ष भित्र…

ऊर्जा विकास मार्गचित्र २०८१ मन्त्रिपरिषद्बाट स्वीकृत
आर्थिक परिवेश

१७ पुष, काठमाडौ । नेपालको ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । यो मार्ग चित्र पारित भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने योजना अघि सार्न सरकारलाई बाटो खुला भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा पुस १६ गते मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो । उक्त प्रस्ताव पास भएसँगै अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि बाटो खुला…