पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्य रूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनु पर्ने
आर्थिक परिवेश१८माघ, काठमाडौँ । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्य रूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाइलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त व्यवस्था गरिएको हो । जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्य प्रक्रियामा शीघ्रता कायम गर्न सुशासन ऐन बमोजिम सो निर्णय गरी नेपाल सरकारका सबै मन्त्रालयहरूमा परिपत्र गरिएको छ । जसअनुसार अब…
विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिलको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’
आर्थिक परिवेश११ माघ, काठमाडौं । नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ । देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सिपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या देखिएको सन्दर्भमा बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरेको हो । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गर्नु भयो । ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक…
बूढीगण्डकी जलविद्युत् परियोजनाको लगानी ढाँचा टुङ्गोमा
आर्थिक परिवेश१० माघ,काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाको लगानी ढाँचा टुङ्गो लागेको छ । सरकारले हालसम्म मुआब्जालगायतका शीर्षकमा खर्च गरेको रकमलाई छुट्याउँदा आयोजनाको कूल लागत रु तीन खर्ब दुई अर्ब ५८ करोड बराबर रहनेछ । सरकारले वातावरणीय र सामाजिक सुरक्षामा रु ७३ अर्ब २० करोड बराबर खर्च गर्नुपर्नेछ । त्यसमध्ये हालसम्म मुआब्जालगायतका शीर्षकमा रु ४३ अर्ब वितरण भइसकेको छ । यो रकमसमेत जोड्ने हो भने आयोजनाको कूल लागत रु तीन खर्ब ७५ अर्ब ७८ करोड बराबर हुनेछ । सरकारले वातावरणीय र सामाजिक सुरक्षाका नाममा खर्च गरेको रकमलाई भने ‘भायविलीटी ग्याप फण्ड’का रूपमा राखेको खण्डमा आयोजनाको लागत कम हुन…
माघ २ गतेबाट लागू हुने गरी इन्धनकाे मुल्य घट्याे
आर्थिक परिवेश०२ माघ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल एक सय ४३ रुपैयाँ ५० पैसा कायम भएको छ । साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर रु एक सय ६५, डिजल र…
मेलम्चीको पानी माघ १ गतेबाट काठमाडौंमा वितरण गरिने
आर्थिक परिवेश२८पुष, काठमाडौं | गत बुधबार देखि काठमाडौंका लागि पथान्तरण गरिएको पानी आज सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आउन शुरु गरेको छ । बाढीका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आएसँगै प्रशोधन प्रक्रिया शुरु भएको र माघ १ गतेबाट उपभोक्ताको धारामा वितरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । सुन्दरीजल पानी प्रशोधन केन्द्रको अवलोकनका क्रममा खानेपानी मन्त्री महिन्द्रराय यादवले पानीको सन्तुलित वितरण प्रणालीलाई व्यवस्थित बनाउन निर्देशन दिनुभयो । मन्त्री यादवले काठमाडौं बासीलाई १२ अैं महिना स्वच्छ पानी खुवाउने सरकारको संकल्प पुरा गर्न स्थानीय पानीका श्रोतको व्यवस्थापन र मेलम्ची दाश्रो चरणको आयोजना कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो…