
खाद्य तथा अन्य बालीको उत्पादन पाँच दशमलव सात प्रतिशतले बढेको छ : नेपाल राष्ट्र बैंक
आर्थिक परिवेश१३ असार, काठमाडाैं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन मङ्गलबार सार्वजनिक गर्दै त्यस्ता बालीले ढाकेको भूक्षेत्र भने दुई दशमलव एक प्रतिशतले घटेको जनाएकाे छ । खाद्य तथा अन्य बालीको उत्पादन मात्र पाँच दशमलव सात प्रतिशतले बढेको छ भने तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ । प्रतिवेदनले फलफूल र मसलाको उत्पादनमा भने क्रमशः पाँच दशमलव दुई प्रतिशत र आठ…

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन
आर्थिक परिवेश०९असार,काठमाडौ । नेपाली निजी क्षेत्रका उद्योगी व्यवसमयीहरूकाे संस्था नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन हुनुभएको हो । अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजश्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष बन्नुभएको थियो । काठमाडौंमा जन्मनुभएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा हुनुहुन्छ । आरएमसी गु्रपका कार्यकारी निर्देशक समेत रहनुभएका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आवद्ध हुनुहुन्छ । परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई सपथ ग्रहण गराउनुहुँदै…

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो सङ्खुवासभाको तुम्लिङटारमा
आर्थिक परिवेश०४ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न साेमवार दिउँसो सङ्खुवासभाको तुम्लिङटार पुग्नुभएको छ । आइतबार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी सङ्खुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । प्रधानमन्त्रीले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी संघ संस्थामा अपील पनि गर्नुभयो । प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार विहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको…

प्रधानमन्त्रीबाट मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण
आर्थिक परिवेश०३ असार,मेलम्ची,सिन्धुपाल्चाेक । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्नुभई मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिनुभएको हो । निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे व्याख्या गर्नुभएको थियो । सोक्रममा उहाँले आयोजनाले भोग्नु परेका समस्या र बाँकी काम बारे जानकारी गराउनु भएको थियो । साथै, मेलम्चीमा आएको बाढीले आसपासका ४०० घरपरिवार नष्ट भएको र ती क्षेत्रका जनताको भोग्गु परिरहेको समस्याका बारेमा अभिरुचिपूर्वक चासो लिनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, `कहाँ के गर्नुपर्छ भन्ने एउटा…

विद्यालयमा अनुपस्थित हुने शिक्षक र कर्मचारी पदमुक्त गर्छौं : महानगर प्रमुख बालेन साह
आर्थिक परिवेश०२असार,काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने बताउनुभएको छ । प्रमुख शाहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभएको छ, ‘अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ ।’ प्रमुख शाहले विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा समिति विघटन गर्ने बताउनुभयो । यस्तै कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेका खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा…