
भ्रष्टाचारको छानविन गर्न उच्चस्तरीय आयोग बनाउँछौँ : प्रधानमन्त्री
आर्थिक परिवेश१९ वैशाख, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ। सोमबार दिउँसो काठमाडौँको कमलादीमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारको छानविनका लागि छिट्टै आयोग गठन गरिने बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हामीले पार्टीको घोषणापत्रमा नै प्रतिवद्धता व्यक्त गरेका छौँ कि २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानविन गरिनेछ। हामी आयोग बनाउने तयारीमै छौँ। मैले वर्तमान सरकारका ३ प्राथमिकता भनेको छु, सामाजिक न्याय, सुशासन र समृद्धि। सुशासनको लक्ष्य हासिल गर्न आयोग बनाएर काम गर्छौं।’’ ‘‘सबैभन्दा ठूला भ्रष्टाचारीहरू नै भ्रष्टाचारको छानविन हुनुप¥यो भन्दै तमासा…

आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन १४ सांसदहरुकाे माग
आर्थिक परिवेश१६ वैशाख,काठमाडौँ । संघीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त रुपमा योजना पेश गर्दै आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गर्नुभएको छ । आज पनि कर्णाली प्रदेश नेपालको जनगणना २०७८ को तथ्यांकअनुसार निरपेक्ष गरिबी २८.९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९४४ अमेरिकन डलर रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालको अन्य प्रदेशहरूको तुलनामा समग्र विकासको हिसाबले हेर्दा कर्णाली प्रदेश अझै पनि निकै पछाडि रहेको एक मात्र प्रदेश भएको उल्लेख छ । कर्णाली विकासका लागि दीर्घकालीन महत्त्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई जोड दिइएको छ । जसअनुसार कर्णाली प्रदेशको कृषि उत्पादन जडीबुटी र लघु उद्योगहरूलाई…

नेपालबाट वार्षिक तीन अर्ब ४३ करोडको चिया निर्यात आयात ४० प्रतिशतभन्दा बढीले घट्याे
आर्थिक परिवेश१४ वैशाख,काठमाडाै । नेपालमा चियाको खपत र उपभोग बढ्दै जाँदा यहाँका विभिन्न २० जिल्लामा हाल व्यवसायिकरुपमा चिया खेती विस्तार भएको छ । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा २० हजार दुई सय १९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार तीन सय ७९ मेट्रिक टन चिया उत्पादन भएको छ । हाल १५ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन् । नेपालले अधिकांश उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी भारतलगायत तेस्रो मुलुकमा समेत नेपाली चिया निर्यात भइरहेको छ । वार्षिक करिब चार अर्ब मूल्य बराबरको चिया…

भूमिसम्बन्धी समस्यामा वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश१४ वैशाख,काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव हुने बताउनु भएको छ । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उहाँले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन दिनुभएको हो । छलफलका क्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो, “भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक छ । यसपटक मैले मन्त्रिपरिषद्को बैठकबाट भूमिसम्बन्धी केही क्रान्तिकारी निर्णय लिने सोंच बनाएको छु । पटक–पटक उही समस्या बल्झिएर भूमिसम्बन्धी समस्या भूमरीमा पर्नुहुँदैन । हामीले वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ ।” भेटमा प्रधानमन्त्री दाहालले सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत भूमिहीनका समस्या…

गोल्छा ग्रुपले आजबाट कोरियन प्रविधिको सामुसङ टिभीको उत्पादन सुरु
आर्थिक परिवेश१३ वैशाख, नवलपरासी । गोल्छा ग्रुपले बुधवारबाट कोरियन प्रविधिमा अाधारित भै सामुसङ टिभीको उत्पादन सुरु गरेकाे छ । टिभीको उत्पादन सुरु भएको समारोहमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्राउने वातावरण बनाउन सरकार सधैँ लागि परेको बताउनुभएको छ । गोल्छा ग्रुपले आज बाट कोरियन प्रविधिको सामुसङ टिभीको उत्पादन सुरु भएको समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनु भएको हो । ‘कोरियाले नेपाली युवालाई रोजगारी दिने देखि नवीनतम प्रविधिको विकासमा वर्षौँ देखि सहयोग गर्दै आएको छ ।’उहाँले भन्नुभयो ,‘ नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले ब्यापार घाटा घट्नुको साथै नेपालमा रोजगारी समेत बढ्ने छ । विदेशी प्रविधि…