बाँसखर्कमा १८ करोड ४५ लाखकाे सुन्तला उत्पादन
आर्थिक परिवेश

१५ माघ, काठमाण्डौ ।  उच्च  गुणस्तरीय सुन्तलाको बगैँचाको रुपमा चिनिएको पर्वत जिल्लाको बाँसखर्कमा यस बर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । समुुन्द्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ घरपरिवार मध्ये मालगाउँ र घुमाउने तालबाहेकका बस्तीका दुई सय बढी घरपरिवारले सुुन्तलाखेती गरेका छन् । देशका अन्य ठाउँका बगैँचामा सन्तला निख्रिएपछि माघ महिनादेखि बाँसखर्कका बगैँचामा सुन्तला टिप्न शुरु हुन्छ । यही माघ महिनाको पहिलो साता गरिएको सर्वेक्षणअनुसार बाँसखर्कको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा ५१ हजार एक सय ५१ सुुन्तलाका बोट रहेका छन् । सर्वेक्षणको…

कृषि विकास बैंकको अठारौ वार्षिक साधरणसभा सम्पन्न
आर्थिक परिवेश

०१ माघ,काठमाडौं ।   कृषि विकास बैंक लि.को आर्थिक वर्ष २०८०।८१ अठारौ वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको छ । बृहत कार्य संजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पु¥याउदै आएको बैकले मुलुकको कृषि क्षेत्रको विकासमा योगदान गर्दै आएको छ । नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको कृषि विकास बैंक लि.को अठारौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । साधरणसभामा सहभागी शेयरधनीहरुले उठाएका  विभिन्र जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष पुडासैनीले  स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन…

गण्डकी प्रदेशको राजधानी पोखरामा करिब एक अर्बको सुन्तलाको कारोबार
आर्थिक परिवेश

  २८  पुष   पोखरा ।  गण्डकी प्रदेशको राजधानी पोखरामा यस सिजनमा हालसम्म सुन्तलाको करिब एक अर्बको मूल्य बराबरको कारोबार भएको छ । असोजको अन्तिम साता देखि पुसको २६ गतेसम्म आउँदा यस क्षेत्रमा करिब एक अर्ब मूल्य बराबरको सुन्तलाको आर्थिक कारोबार भएको व्यवसायीहरूले बताउनु भएको छ । गण्डकी प्रदेशको मनाङ, मुस्ताङ र नवलपुर बाहेक अन्य ८ जिल्लाबाट पोखरा भित्रिएको सुन्तलाको उक्त मूल्य बराबरको आर्थिक कारोबार भएको व्यवसायीको दाबी छ । पोखराको एउटा एउटा ठुलो फलफूल थोक बजारमा हिजोआज दैनिक जसो ३५ मेट्रिकटन सुन्तला भित्रिने गरेको छ । पर्यटनको राजधानी पोखरामा दैनिकजसो ३० देखि ३५ मेट्रिकटन सुन्तला भित्रिने गरेको शान्ति वन वाटिका…

बाग्लुड.काे  काठेखोला गाउँपालिकाका किसानले मात्र यस वर्ष  पाँच करोड ४० लाखको सुन्तला बेचे
आर्थिक परिवेश

२५ पुष,  ढोरपाटन (बागलुङ)।    बाग्लुड.काे  काठेखोला गाउँपालिका–६ का किसानले यस वर्ष  पाँच करोड ४० लाख रूपैयाको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले  तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उहाँको भनाइ छ । यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उहाँले जानकारील दिनुभयो । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउनुहुन्छ । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उहाँको…

रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
आर्थिक परिवेश

२१ पुष काठमाडौँ ।   काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो। उनीहरूबाट जम्मा २ अर्ब ४१ करोड बिगो माग दाबी गरिएको छ। हरेकको हकमा छुट्टा छुट्टै दाबी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सिताराम अर्यालले जानकारी दिनु भयाे । प्रतिवादी कायम गरिएका मध्ये रवि र पूर्व डीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। जीबी भन्ने गितेन्द्रबाबु राईसहित अधिकांश फरार छन्। काठमाडौँमा मुद्दा दायर गरिएका कसैलाई पनि सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छैन। यसअघि…