
पनौतीमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा आलुको ‘ब्राण्डिङ’
आर्थिक परिवेश१९ साउन काभ्रेपलाञ्चोक । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । ‘आलु सुपरजोन’ का रूपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ । प्रारम्भिक चरणमा हाल दुई किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैंची, फलफूल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताउनुभयाे । उहाँका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो । भण्डारणका लागि प्रधानमन्त्री कृषि…

खोकनामा मनाइयो चौथो कोदो दिवस कोदोजन्य बालीको राष्ट्रिय दिवस घोषणा गर्दै सरकार
आर्थिक परिवेश१५ साउन, ललितपुर ।नेपालका विभिन्न भागमा चौथो राष्ट्रिय कोदो दिवस ललितपुरको खोकनामा सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को आयोजनामा सम्पन्न दिवसमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले राष्ट्रिय दिवसको रुपमा घोषणा गर्ने प्रकृया अगाडि बढाएको जानकारी गराउनु भयाे । मन्त्री अधिकारीले कोदोको महत्वका बारेमा सरकार जानकार रहेको बताउँदै केही दिनमै कोदोजन्य बाली प्रवद्र्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने तयारीमा रहेको जनाउनु भएकाे हाे । गत वर्ष सन् २०२३ लाई संयुक्त राष्ट्र संघले नै कोदोजन्य बाली वर्षको रुपमा मनाएको थियो । पोषकीय महत्व बोकेको कोदोबालीको प्रवद्र्धनका लागि…

१३ साउनसम्ममा ९२.४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न राेपाइँकाे क्षेत्र बढ्याे
आर्थिक परिवेश१४ साउन, काठमाडौँ । मुलुकमा १३ साउनसम्ममा ९२.४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । देशभर धान खेती हुने १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २ सय २१ हेक्टरमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ । त्यहाँ १ लाख ७४ हजार ७६ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७३ हजार ७ सय ९९ हेक्टर रोपाइँ भएको हो । यस्तै कर्णाली प्रदेशमा ४१ हजार ९ सय ४ हेक्टरमध्ये ४० हजार ६ सय २३ अर्थात् ९६.९ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ९१.९…

लगानी बाेर्डबाट गत बर्ष दुई खर्ब ७१ अर्बकाे लगानी स्वीकृत
आर्थिक परिवेश१० साउन, काठमाडौँ । दुई खर्ब ७१ अर्ब लगानी स्वीकृत आर्थिक वर्ष २०८०/८१ मा नौ वटा परियोजनाका लागि दुई खर्ब ७१ अर्ब लगानी स्वीकृत गरेको छ । बिहिवार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीसमक्ष आर्थिक वर्ष २०८०र८१ मा भएका कार्यसम्पादन करार बमोजिमको कार्यसम्पादन प्रतिवेदनमा सो रकम बराबरको लगानी स्वीकृत भएको उल्लेख छ । सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को नियम ८ बमोजिम गत आवका लागि बोर्डको रणनीतिक योजनाका चार वटा स्तम्भअन्तर्गत चयन गरिएका ६० वटा क्रियाकलापको समय सारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार गरिएको थियो । रणनीतिक योजनाका चार वटा…

चितवनका ७५ प्रतिशत कुखुरापालक किसान व्यवसायबाट विस्थापित
आर्थिक परिवेश०२ साउन चितवन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसानहरु विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । बैंकमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघि सम्म नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या दुई हजारभन्दा तल छ । उनले भने, ‘जसको कुखुरा बाँकी छ, उहाँहरुले ४० प्रतिशतभन्दा माथि ऋण थपेर टिकेको हो ।’ अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उहाँको भनाइ छ । अहिले अण्डाको मूल्य बढेर लागत…