हालसम्म देशभर  करिब ७२ प्रतिशत मात्र राेपाइँ सम्पन्न
आर्थिक परिवेश

०६ साउन, काठमाडौँ  ।   यस वर्षकाे  हालसम्म देशभर  करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम…

महाशिला गाउँपालिका किसानले तरकारी र खसीबोका बिक्री गरेर  साढे ३ करोड भित्र्याए
आर्थिक परिवेश

३ साउन  पर्वत  । पर्वत जिल्लाको महाशिला गाउँपालिका किसानले तरकारी र खसीबोका बिक्री गरेर मात्रै  साढे तीन करोड भित्र्याउन सफल भएका छन् । गाउँपालिकाले कृषि तथा पशु पशुजन्य उत्पादन वृद्धि गरी नागरिकको आयस्तरमा अभिवृद्धि गर्नका लागि विभिन्न प्र्रोत्साहन मुलक कार्यक्रम सुरु गरेसँगै गत आर्थिक वर्षमा झण्डै  साढे तीन करोड भित्रिएको हो । महाशिलाका छ वटै वडामा व्यावसायिक तरकारी खेती तथा बाख्रापालन गरिँदै आएको छ । पालिकाका सबै वडामा सडकको सहज पहुँच पुगेसँगै उत्पादित वस्तुको सजिलै निर्यात गर्न सकिने भएकाले एकै वर्षमा ठूलो परिमाणमा आम्दानी गर्न सफल भएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिनुभयो । अध्यक्ष भुसालका अनुसार गत आर्थिक…

असारको २२ सम्म मुलुकभर ४५.३ क्षेत्रमा धान रोपाँइ
आर्थिक परिवेश

२३,असार,काठमाडौ ।  असारको २२ गतेसम्म मुलुकभर ४५.३ प्रतिशत क्षेत्रफलमा धानको रोपाइ सम्पन्न भएको छ । देशभर १३ लाख ८३ हजार ७ सय ३२ हेक्टर क्षेत्रफलमा धानको रोपाई हुने गरेकोमा यस अवधी सम्ममा ६ लाख २३ हजार १०४ हेक्टर क्षेत्रफलमा मात्र धानको रोपाइ सम्पन्न भएको हो । प्रदेशगत रुपमा यस अवधीमा सुदुरपश्चिम प्रदेशमा सबै भन्दा धैरे ८२.८४ प्रतिशत क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ भने दोस्रोमा कर्णाली  प्रदेशमा  धान रोपाइ भएको छ । असार २२ गतेसम्म कर्णाली प्रदेशमा ७१.६६ प्रतिशतमा धान रोपाइ भएको छ । असार २२ गते सम्ममा गण्डकी प्रदेशमा ५६ प्रतिशत लुम्बिनिमा ५२.११ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत क्षेत्रमा धान…

मल वितरणकाे कोटा प्रणाली हटाउन सांसदहरुकाे माग
आर्थिक परिवेश

२२ असार, काठमाण्डौ । सांसदहरुले रसायनिक मल तिरणका लागि लागू गरिएको कोटा प्रणाली हटाउन माग गर्नु भएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समितिको आइतवारको बैठकमा सांसदहरुले किसानहरुलाई रसायनिक मल कोटा सिस्टमबाट व्यवस्था गरिदा चाहिने ठाउँमा मल अपुग भएको र नचाहिने ठाउँमा बढी पुग्ने गरेकाले कोटा सिस्टम हटाउन माग गर्नुभयो । किसानहरुले समयमा मल नपाउँदा कृषि उत्पादनमा ह्रास आउने भन्दै सांसदहरुले सरकारले किसानलाई जसरी भए पनि मल उपलव्ध गराउनुपर्नेमा जोड दिनुभयो । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुले समयमा रसायनिक मल नपाउने पुरानो समस्या यस वर्ष पनि कायम रहेको जानकारी दिनु…

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह
आर्थिक परिवेश

 १७ असार काठमाण्डाै ।    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४ औँ महासभा अन्तर्गत म‌गलवार  आयोजित कृषि तथा खाद्य प्रणाली सम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरुमार्फत् विश्व बजारबाट लाभ लिन आग्रह गर्नुभयो । मन्त्री डा राणाले भन्नुभयो “कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीति बमोजिम ठूला निजी कम्पनीहरूले कृषिमा लगानी गर्न थालेका पनि छन् । तर पनि ठूलो लगानी तथा कृषिमा आधुनिकीकरणको अभावमा पर्याप्त सम्भावनाका बाबजुत पनि नेपालले बृहत…