एक अर्बकाे लगानीमा चिस्यान केन्द्र निर्माण शुरू
आर्थिक परिवेश

२७ असार , चितवन ।   चितवनमा जिल्लामा  एक अर्ब रूपैयाकाे लगानीमा चिस्यान केन्द्र निर्माण शुरू भएकाे छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताउनुभयो । उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उहाँले जानकारी दिनुभयो । “कृषि उपज एक वर्षसम्म  शीतभण्डारमा राख्न सकिनेछ”, उद्यमी श्रेष्ठले भन्नुभयो । यहाँ भण्डारण गरिएका कृषि उपज भाटभटेनीसँगै आवश्यकताअनुसार…

सरकारले ताेक्याे धानकाे न्यूनतम समर्थन मुल्य
आर्थिक परिवेश

२१ असार , काठमाडौं।   सरकारले  बर्षे तथा हिउँदे धानकाे न्यूनतम समर्थन मुल्य ताेकेकाे छ । बिहिबार बसेको  मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैँया ५१ पैसा र मध्यम धानको प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैँया ६२ न्यूनतम समर्थन मुल्य तोक्ने निर्णय गरेको छ । बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा, संरक्षण, लगाएत आवश्यक अन्य कार्यको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय…

असार १५ मानाे राेपेर मुरी फलाउने दिन : फाेटाे फिचर
आर्थिक परिवेश

१५ असार, चितवन ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार चितवनमा असार १५ काे अवसरमा विभिन्न  कार्यक्रमहरूमा सहभागिता जनाउनु भएकाे छ । त्यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धान खेतिकाे महत्वका वारेमा चर्चा गर्दै धानकाे उत्पादनका अतिरिक्त अन्य खाद्यवालिहरूमा समेत  देश अात्मर्निभर हुनु पर्नेमा जाेड दिनु  भयाे । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिवार आयोजित चितवनकाे कार्यक्रममा धान रोप्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य तस्वीरहरू फाेटाे फिचर तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
आर्थिक परिवेश

१५ असार,रत्ननगर (चितवन) ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताउनुभयो । कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अबलम्वन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । हरित ग्यास उत्सर्जनमा…

देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
आर्थिक परिवेश

 १५ असार,भरतपुर (चितवन) ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र नभई देशलाई अन्य  खाद्यान्नमा समेत आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनु भएको छ । भरतपुर महानगरपालिकाले शनिवार भरतपुरमा आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पार्नुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिचाइ र बीउ एवं मल उपलब्धता गर्ने र यान्त्रिकिकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने विश्वास व्यक्त गर्नुभयो । धानबाली देशको रणनीतिक बाली भएको उल्लेख…