विगत चार वर्षको औषतकाे तुलनामा चालु बर्षमा धानकाे उत्पादन ५ दशमलव ०८ प्रतिशतले बढी
आर्थिक परिवेश

 १५ असार, काठमाडाैं ।  चालु आर्थिक बर्षमा मुलुकमा  धानको कूल उत्पादन गत बर्ष भन्दा ४ दशमलव ३३ प्रतिशतले बढेर ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको छ । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार कूल धानबाली लगाइएकाे   क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । गत बर्ष कुल १४  लाख ४७ हजार ७ सय ८९  हेक्टर क्षेत्र फलमा धान राेपाइ भएकाे थियाे । यो क्षेत्रफल गत…

असार दोस्रो सातासम्म मुलुकमा कुल क्षेत्रको ९.८ प्रतिशतमा मात्रै रोपाइँ
आर्थिक परिवेश

१३ असार, काठमाडौं ।   असार दोस्रो सातासम्म मुलुकमा कुल क्षेत्रको ९.८ प्रतिशतमा मात्रै रोपाइँ भएको छ । १२ असारसम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रको १ लाख ३६ हजार ४ सय ११ हेक्टमा मात्रै धान रोपिएको छ । नेपालमा १३ लाख ९८ हजार ८ सय ३६ हेक्टरमा रोपाइँ हुने गरेको छ । कृषि विभागका अनुसार गत वर्षको दाँजोमा यो वर्ष पनि रोपाइँ दर नबढेको हो । १० असार २०८० सम्म कुल रोपाइँ क्षेत्रको ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल किनबेच  नगर्न आग्रह
आर्थिक परिवेश

०९ असार, काठमाडौँ  । सरकारकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल किनबेच  नगर्न आग्रह गरेको छ । खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरेकाे छ । पछिल्लाे समय नेपालमा त्यसरी पकाएर फलफूल बिक्रि गर्ने  क्रम बढेकाेले  विभागले कार्वाइड प्रयोग गरेका फलफूल किनबेच  नगर्न आग्रह गरेको विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले जानकारी दिनुभयो । यसैगरी आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले…

पर्वतकाे जलजला तरकारी खेतीले झलमल्ल बर्षेनी ५ कराेड गाँउमा भित्रियाे
आर्थिक परिवेश

०९ असार, सालिजा, पर्वत।   उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी तरकारी   बेचेर वार्षिक  पाँच करोडभन्दा बढी रकम  गाउ भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रमार्फत तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी तरकारी बढी उत्पादन हुने भएकाले किसानले राम्राे  आम्दानी गरेका हुन  । व्यावसायिक तरकारी उत्पादन गर्न थालेपछि यहाँका किसानहरूको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा तरकारी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ…

याेगकाे उद्गमस्थल नेपालमा याेग दिवस मनाइदै
आर्थिक परिवेश

०७ असार , काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । “शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने…