काठमाण्डाैकाे  त्रिवि क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग भाेलिबाट शुरू हुँदै
आर्थिक परिवेश

३० कार्तिक, काठमाडौँ ।   नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेल सोमबारदेखि   काठमाण्डाैकाे  त्रिवि क्रिकेट मैदानमा  हुने भएको छ । पहिलो पटक एनपीएल फ्लड लाइटमुनि खेल हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच खेलाउन लागेकाे क्यानले जनाएको छ । एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको छ । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो । उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो । एनपीएलमा ८…

विदेशी लगानीकर्ताहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन  अर्थ मन्त्रालयमा फोकल युनिट
आर्थिक परिवेश

   २८ कार्तिक  काठमाडौँ ।   अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन एक फोकल युनिट स्थापना गरेको छ । विदेशी लगानीकर्ताका लागि गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय तथा  निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत युनिट स्थापना गरेको हो । विदेशी लगानीकर्ताका लागि मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैङ्किङ तथा राजस्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

नेपालगञ्ज विमानस्थलमा बन्याे सुविधा सम्पन्न नयाँ टर्मिनल
आर्थिक परिवेश

२३ कार्तिक नेपालगञ्ज । बाँकेको राँझास्थित नेपालगञ्ज विमानस्थलमा सुविधा सम्पन्न नयाँ टर्मिनल भवन निर्माण भएको छ । भ्याट बाहेक कुल २ अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ रुपैयाँको लागतमा टर्मिनल भवन निर्माण गरिएको हो । २०७९ पुसबाट काम सुरु गरेको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीले तीन वर्ष अर्थात् २०८२ पुसमा काम सक्ने गरी काम सकारेको थियो । तर, यो कम्पनीले दुई महिना अगाडि नै निर्माण कार्य पूरा गरेको हो । नवनिर्मित टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ कुल २४ वटा पसल रहनेछन् । ५ हजार ७५…

उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् : ढकाल
आर्थिक परिवेश

२३ कार्तिक, धुलिखेल ।   नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद भएको बताउनुभएको छ । आइतवार बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारण सभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले युवालाई रोजगारी दिने राजस्व सङ्कलन गरेर राज्यलाई योगदान दिने तथा पूर्वाधार बनाउने नै निजी क्षेत्र भएकाले त्यसको सुरक्षाका लागि राज्यले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभयो । जेनजी आन्दोलनको उद्देश्य आक्रमण नभएको उल्लेख गर्दै उहाँले आन्दोलनका नाममा घुसपैठ गर्नेलाई कारबाही हुनुपर्ने माग गर्नुभयो । अध्यक्ष ढकालले अब नेपाल उद्योग वाणिज्य…

विद्युत लाइन विवाद वारेकाे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे निर्देशन
आर्थिक परिवेश

२३ कार्तिक, काठमाडौं ।  डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न भनेको हो । १७ कात्तिक २०८२ मा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र मुख्यसचिव सहित बैठकले महासंघसँग मौखिक सहमति गरेको थियो । छलफलले भुक्तानी महसुल सरलीकरण गर्ने तथा पुनरावलोकन सुन्ने व्यवस्था मिलाउने सहमति गरेको समेत कार्यालयको भनाइ छ । बैठकमा उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले यसअघि रकम बुझाउने गरी दिएको २८ किस्ताको एक किस्ता बराबर रकमलाई किस्ताका…