एमसीसी परियोजनाको कार्यान्वयन शुरु ५ बर्षमा सम्पन्न गर्ने पदाधिकारीहरुको प्रतिवद्धता
आर्थिक परिवेश१३ भदौ, काठमाडौ । अमेरिकाको सहयोगमा संचालन हुने मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतकाे एमसिसि कम्प्याक्ट परियोजना आज भदौ १३ गते बुधबारदेखि कार्यान्वयन शुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गर्नु भयो । यो सँगै पाँच वर्षको समय तोकिएको एमसीसी परियोजना कार्यान्वयनमा आएको हो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजना अन्र्तगत नेपालमा प्रमुख दुई पूर्वाधारहरु निर्माण गरिने भएकोले त्यसले नेपालको आर्थिक तथा पूर्वाधार क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । उहाँले एमसीसी कम्प्याक्ट नेपाल आयोजना मार्फत भरपर्दो सडक…
अपर तामाकोशीका संस्थापकबाट हकप्रद शेयरबापतको रकम चुक्ता
आर्थिक परिवेश११ भदाै,काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रूपैयाँ अंकित दरका हकप्रद शेयर निश्कासन गर्दै छ । सर्वसाधारणतर्फको सेयर निश्कासन गर्नुभन्दा पहिले कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम चुक्ता गरेका हुन् । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका छन् ।१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी…
एचआइडिसिएल ले चार जलविद्युत् आयोजनामा १३ अर्ब लगानी गर्ने
आर्थिक परिवेश०९ भदाै, काठमाडौं। हाइड्रोइलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चारवटा जलविद्युत् आयोजनामा १३ अर्ब लगानी गर्ने भएको छ । आज एक औपचारिक कार्यक्रमबीच दुईवटा सार्वजनिक र दुईवटा निजी क्षेत्रका जलविद्युत् आयोजनासँग ऋण लगानी गर्नेसम्बन्धी समझदारीपत्र आदान–प्रदान भएको हो । एचआइडिसिएलले निजी क्षेत्रतर्फ तमोर इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको दुई सय ८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनामा चार अर्ब र सानिमा जुम हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ५६ मेगावाट उत्पादन क्षमताको सानिमा जुम जलविद्युत् आयोजनामा रू दुई अर्ब ऋण लगानी गर्ने भएको छ । त्यस्तै, सार्वजनिक क्षेत्रतर्फ जगदुल्ला हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको एक सय छ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत्…
करिव ३ कराेडकाे नेसनल आइसिटी स्कलरसिप–२०८० का लागि आवेदन खुल्याे
आर्थिक परिवेशभदौ ८, काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यान र फाउण्डेसनले संयुक्त रूपमा विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ का लागि आवेदन खुला गरेको हो । सूचना प्रविधिको अध्यापन गराउने कलेजहरूको सहयोगमा क्यान महासंघले निम्नबर्गिय एवं जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । काठमाण्डौंको मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा क्यानले ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको छ । ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ मा सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट…
लगानी बोर्डको बैठकले ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत
आर्थिक परिवेश०८भदाै,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको लगानी बोर्डको ५५ औँ बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकास क्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २ सय ४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोलमा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ । बोर्डले माथिल्लो कर्णाली…