नागढुंगा सुरुङमार्ग दुवैतर्फबाट छिचोलियाे संचालनमा समय लाग्ने
आर्थिक परिवेश०३ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साेमबार नागढुंगा सुरुङमार्गमा पुगेर ‘स्वीच अन’ गरेसँगै धादिङ र काठमाडौं दुवैतर्फबाट सुरुङ छिचोलिएको छ। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरूङमार्ग आयोजनाको मुख्य सुरूङ निर्माण सुरु भएकाे ५३ महिनापछि प्रधानमन्त्रीकाे उपस्थितिमा छिचोलिएको ‘ब्रेकथ्रु’ गरिएको हो। सुरुङ ब्रेकथ्रु भएपनि सञ्चालनमा आउन भने अझै झन्डै एकवर्ष कुर्नुपर्ने हुन्छ। याे सँगै नेपालकाे पहिलाे यातायात सुरुङ मार्गबाट एक वर्षपछि काठमाडौं भित्रन र बाहिरिन सहज हुनेछ। सुरुङमार्गकाे लम्बाइ २ हजार ६ सय ८८ मिटर छ। सोमबार दुई मिटर खनेपछि वारपार छिचोलिएको हो। आयोजनाको उद्धार (रेस्क्यु) सुरूङ गत साउनमै छिचोलिसकिएको थियो। आयोजना निर्माण पूरै सकिएपछि मात्रै सवारी…
लगानी सम्मेलनकाे कार्यतालिका सार्वजनिक साे केशमा करिव एक सय ५० याेजनाहरू रहने
आर्थिक परिवेश०३ बैशाख , काठमाडौँ । लगानी बाेर्डले यही वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन) हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर…
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान
आर्थिक परिवेश३ वैशाख, काठमाडाैं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नु भएकाे छ । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन साेमवार बिहान कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि प्रस्थान गर्नु भएकाे हाे । मन्त्री पुनलाई बिदाई गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर सहित सहसचिवहरु अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले…
नेपाल टेलिकमको फाइवर टु द होम एफटिटिएच सेवा ७५ जिल्लामा पुग्याे
आर्थिक परिवेश०२ बैशाख, काठमाडौं I सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै स्थानीय तहमा उच्च गुणस्तरका दूरसञ्चार सेवा विस्तार गरिने बताउनुभएको छ । सिंहदरबार स्थित मन्त्रालयबाट आज भर्चुअल रुपमा डोल्पा जिल्लामा नेपाल टेलिकमको फाइवर टु द होम एफटिटिएच नेटवर्कको उद्घाटन गर्दै मन्त्री शर्माले जिल्लाका सबै पालिकामा उच्च गुणस्तरको दूरसञ्चार सेवा उपलब्ध गराई क्रमशः वडा स्तरमा विस्तार गरिने बताउनुभयो । मन्त्री शर्माले निजी क्षेत्र जान नसक्ने जिल्लाहरूमा सरकारले सेवा दिनुपर्ने दायित्व भएकाले नाफा घाटा नहेरी जनताको सेवामा नेपाल टेलिकम लागि पर्नुपर्ने र सबै क्षेत्रले दायित्वबोधका साथ काम गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भौगोलिक…
बीमा भुक्तानी व्यवस्था सरल सहज हुनुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश२५ चैत,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बीमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ । यसका लागि सरकार सधँै प्रतिबद्ध छ,प्रधानमन्त्री…