सुनको मूल्यमा नयाँ रेकर्ड एक लाख ३० हजार पुग्याे
आर्थिक परिवेश

 १६ चैत्र,  काठमाडौँ ।  नेपाली बजारमा  सुनको मूल्य शुक्रवार  अहिले सम्म कै  उच्च  दर कायम भएकाे छ   ।  यस दिन सुन प्रतितोला  दुई हजार एक सयले वढेर काराेवार भएकाे  छ । केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य शुक्रवार उच्च रकमले बढेकाे हाे  । बिहीबार प्रतितोला  एक लाख २७ हजार नौ सयमा कारोबार भएको छाप भएकाे  सुन शुक्रवार प्रतिताेला  एक लाख ३० हजार रूपैयामा काराेवार भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला  एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन शुक्रवार एक लाख २९ हजार चार सय निर्धारण गरि काराेवार भएकाे छ । यस दिन…

उत्पादन र रोजगारी वृद्धिलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्नुस : प्रधानमन्त्री
आर्थिक परिवेश

१४ चैत्र,  काठमाडौं  ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न सम्वद्ध निकायहरूलाई निर्देशन दिनुभएको छ। बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा प्रधानमन्त्रीले परम्परागत ढाँचाको नभई जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुई थरी ‘स्कुल अफ थट’ छन्। एउटा दृष्टिकोण छ– अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जाऊँ। अर्को दृष्टिकोण छ–चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ। त्यसैले नीति तथा…

सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह
आर्थिक परिवेश

१२ चैत्र काठमाडौं।   प्रधानमन्त्री पुष्पकमल दाहालले  नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताउनुभयो । सरकार उच्च आर्थिक वृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र नीति पुँजी परिचालनमा बैङ्कको सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो । नेपालमा हाल एआइआइबीकाको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको…

जलाशययुक्त आयोजना निर्माणलाई  जाेड दिएर काम अघि बढाएका छाैं : ऊर्जा मन्त्री बस्नेत
आर्थिक परिवेश

११ चैत्र, काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न   जलाशययुक्त आयोजना निर्माणलाई   जाेड दिएर काम अघि बढाएकाे बताउनु भएकाे छ । उहाँले मुलुककाे बढदाे उर्जाकाे माग र भएका अायाेजना अधिकांश नदिप्रवाहमा अाधारित भएकाेले  जलाशयमुक्त आयोजना निर्माण  गर्नुको विकल्प नभएको बताउनुभएको छ । गोरखामा शनिवार  आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिम खण्डमा नलगाड जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताउनुभयो । मन्त्री बस्नेतले पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको उल्लेख गर्नुहुँदै ऊर्जा सन्तुलनका लागि भए पनि जलाशययुक्त आयोजना निर्माण गर्नैपर्ने बताउनुभयो ।

दोस्रो चौमासिक अवधिसम्ममा एक खर्ब ३७ अर्बभन्दा बढी बजेट घाटा
आर्थिक परिवेश

१० चैत्र, काठमाडौं।   मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा बिस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले  एक खर्ब ३७ अर्बभन्दा ठूलो बजेट घाटा व्यहोरेको छ । गत साउनदेखि फागुन मसान्तसम्मको आठ महिनाको अवधिमा सरकारको आम्दानीभन्दा खर्च  एक खर्ब ३७ अर्ब ७४ करोड ९९ लाख बढी छ । कार्यालयका अनुसार यो आठ महिनामा कूल छ खर्ब ६३ अर्ब ८३ करोड २९ लाख…