राष्ट्र बैङ्कले दुई अर्ब मुद्दती निक्षेपमा लगानी गर्ने
आर्थिक परिवेश

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको  दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचनामार्फत क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैङ्कले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचनाअनुसार क वर्गका वाणिज्य बैङ्क रु एक अर्ब ६० करोड, ख वर्गका बैङ्कले रु ३० करोड र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो । बैङ्कले यही भदौ २२ गते राति १२ बजेसम्म…

सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने
आर्थिक परिवेश

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष  पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो भने सिबिफिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो । दुई संस्थाले बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गर्ने भएका हुन् । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन…

सरकारले ‘स्टडी इन नेपाल’अभियान थाल्ने, कुटनीतिक नियोगहरुसमेत परिचालन हुने
आर्थिक परिवेश

काठमाण्डौ । नेपाल सरकारले ‘स्टडी इन नेपाल’शैक्षिक अभियानको थालनी गर्ने अवधारणा अघि सारेको छ । सो अवधारणलाई अघि बढाउने सन्र्दभमा शिक्षा मन्त्रालयले बुधबार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफल गरेको हो । छलफलमा सहभागीहरुले नेपाललाई शिक्षाको केन्द्रको रुपमा अघि बढाउन सकिने प्रयाप्त संभावना रहेको भनद्यै सरकारले निश्चित कार्यक्रम सहित अभियान अघि बढाउनु पर्नेमा जोड दिनु भएको छ । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विदेशस्थित नेपाली नियोगहरुलाई सहजीकरणका लागि आवश्यक निर्देशन दिने जानकारी दिनुभयो । ‘भिषालगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको नेपाल बसाईमा सहजता प्रदान गर्ने र भइपरी आउँदा द्रुत सेवा दिन सक्ने गरी नयाँ योजना बनाएका छौं,’…

प्रत्येक स्थानीय तहमा भण्डारण, यान्त्रिकरण, उपजको सहज खपत व्यवस्थापन अत्यावश्यक प्रतिवेदन
आर्थिक परिवेश

काठमाडौं । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले प्रतिवेदन सार्वजनिक गर्नु भयो । प्रतिवेदनले आगामी दिनमा सबै निकायहरुले नीतिगत र व्यवहारिक रुपमै कृषिलाई प्राथमिकता दिनुपर्ने, बजेटलाई प्राथमिकताको आधारमा एकद्वार प्रणालीबाट परिचालन गरिनुपर्ने र कृषि कर्जा तथा अनुदान जस्ता कार्यक्रमलाई वैज्ञानिक, सहज सरल, व्यावहारिक र परिणाममुखी बनाउन सरकारदेखि किसानसम्मको लक्ष्य एउटै हुनुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ । यसका साथै…

म्याग्दी नदीमा २ सय ३८ मेघावाटका १५ जलविद्युत आयोजना निर्माण प्रकृयामा
आर्थिक परिवेश

  म्याग्दी । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा १३ जलविद्युत् आयोजना निर्माण प्रकृयामा गएका छन् । विगतमा सर्वेक्षण प्रक्रिया पूरा गरेर अनुमति पाएका तर निर्माणको प्रकृयामा जान नसकेका धेरै आयोजना वर्षौंपछि निर्माणको प्रक्रियामा अघि बढेका हुन् । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि विद्युत आयोजनाका प्रवद्र्धकहरु सक्रिय बनेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो । प्राधिकरणले मालिका गाउँपालिका–७ मा एक सय ३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण थालेको छ । डाँडाखेत सवस्टेशन र प्रसारण लाइन…