
१ खर्ब ३० अर्ब सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक, आइडिएको बैठक नेपालमा
आर्थिक परिवेश२७ असाेज, माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसंग छलफल गर्नेछ । त्यसैगरी सहुलियतपूर्ण ॠण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१ औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले राख्नु भएको प्रस्तावमा समेत विश्व बैंक सकारात्मक भएको छ । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको…

विश्व बैंक र आईएमएफको वार्षिक बैठक सम्पन्न, ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्रीकाे जाेड
आर्थिक परिवेश२४ असाेज, मोरक्को । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भयो । सो अवसरमा विश्वबैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंनु भएकाे छ । बैठकमा नेपालका अर्थमन्त्री तथा विश्वबैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले हामी बसोबास गरिरहेको धर्तीलाई बस्नयोग्य बनाउनु पर्ने बिश्व बैकको थिमलाई समर्थन जनाउँदै जलवायू परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनु पर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । खासगरी विश्व बैंकले तयार गरेको ‘प्लेबुक’…

एक वर्षदेखि रोकिएको सम्परीक्षण शुरु, बेरुजुको जवाफ पठाउन सबै मन्त्रालयलाई निर्देशन
आर्थिक परिवेश२४ असोज,काठमाडौँ । पछिल्लो एक वर्षदेखि रोकिएको सरकारी खर्चकाे वेरूजु सम्परीक्षणकाे प्रक्रिया पुन शुरु भएको छ । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु सम्परीक्षण सम्बन्धमा मुख्यसचिव, सङ्घीय संसदका महासचिव, कार्यवाहक महालेखापरीक्षक र विभिन्न मन्त्रालयका कर्मचारीसँग छलफल गरेको छ । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएका बेरुजु फछ्यौटका लागि सम्परीक्षणको प्रक्रिया शुरु गरिएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । सम्परीक्षण भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण वा प्रतिक्रियासाथ संलग्न प्रमाण र कागजातको आधारमा गरिने फस्र्यौटसम्बन्धी काम हो । सार्वजनिक लेखा समितिबाट प्राप्त सुझाव तथा निर्देशनका आधारमा गरिने बेरुजु फस्र्यौट…

काठमाडौँ विश्वविद्यालयमा निर्माण भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको राष्ट्रपतिबाट उद्घाटन
आर्थिक परिवेश२४ असाेज,काभ्रेपलान्चोक । काभ्रेको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयमा निर्माण भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको भवन बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले आजको युग विज्ञान–प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको युग भएको बताउनुभयो । भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प हामीसँग छैन’–राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले ‘मानव मस्तिष्कको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृत्रिम विद्वताले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पनि पार लगाउँदै अगाडि बढ्नु पर्नेछ भन्नु भयाे । मानवता मैत्री,…

अर्थमन्त्री डा. महतद्वारा आएएफसि उपाध्यक्षसँग भेटवार्ता, नेपालमा लगानी बढाउन छलफल
आर्थिक परिवेश२३ असाेज, मोरक्को । मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गर्नु भएको छ । भेटवार्तामा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भयो । उक्त बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तिय उपकरणहरू (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना विकास गर्न आइएफसिले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ । अर्थमन्त्री डा. महतले नविनतम वित्तीय उपकरणहरू मार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पूँजी आकर्षित गर्न आईटी, कृषि-व्यवसाय, पर्यटन र…