
नेपालबाट ७८ करोड रूपैया बराबरको सिमेन्ट निर्यात
आर्थिक परिवेश९ साउन,काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ७८ करोड रूपैया बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार रूपैया बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार गत आवमा ३५ करोड ८९ लाख ५१ हजार रूपैया बराबरको छ लाख सात हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड तीन लाख ५५ हजार रूपैया बराबरका तीन लाख ९६ हजार ९५० मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन् ।…

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माणमा प्राधिकरणकाे ताकेता
आर्थिक परिवेश७ साउन, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गर्नुभएको छ । छलफलबाट प्रसारण लाइनको निर्माण यही साउनभित्रमा सम्पन्न गर्ने नयाँ तालिका तय…

नेपाली युवा उद्यमी मञ्चकाे अध्यक्षमा सहारा जोशी
आर्थिक परिवेश२६ असार,काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) काे अध्यक्षमा सहारा जोशी निर्वाचित हुनु भएकाे छन । उहाँ महिला लक्षित इ-कमर्स प्लेटफर्म तभीसीकी सहसंस्थापक र हिमालयन ब्याम्बोकी सीइओ हुनुहुन्छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको छोरी सहारा आठ वर्षदेखि हिमालयन ब्याम्बोमा आबद्ध रहदै अाउनु भएकाे छ। उहाँले तभीसी गत वर्ष मार्चमा साथी पलास जोशीसँग मिलेर स्थापना गर्नु भएकाे थियाे। मञ्चले गत आइतबार वार्षिक साधारणसभा गर्दै नयाँ अध्यक्ष चयन र राष्ट्रिय गभर्निङ काउन्सिल गठन गरेको हो। नयाँ राष्ट्रिय गभर्निङ काउन्सिलमा तात्कालिन पूर्वअध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, द्वितीय उपाध्यक्ष निभिता प्रधान र महिला उपाध्यक्षमा…

रेडियो फ्रिक्वेन्सी प्राकृतिक स्रोत : रोयल्टी बाँडफाड गर्ने वित्त आयोगकाे निर्णय
आर्थिक परिवेश२४असार,काठमाडौं । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले रेडियो फ्रिक्वन्सीको रोयल्टी बाँडफाड गर्ने निर्णय गरेको छ । आयोगको शुक्रवारको बैठकले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार त्यसतो निर्णय गरी रेडियो फ्रिक्वन्सी रोयल्टी रकम संघलाई ५० प्रतिशत, प्रदेशलाई २५ प्रतिशत र स्थानीय तहलाई २५ प्रतिशतका दरले बाँडफाड गर्ने निर्णय गरेको आयोगका सदस्य जुद्ध बहादुर गुरुड.ले जानकारी दिनु भयो । आयोगले जनसंख्या,भूगोल,बिटिएस टेलिफोन टावर,मोबाइल फोन प्रयोगकर्ता घरसंख्याको आधारमा रोयल्टी रकम बाँडफाड गर्ने निर्णय गरेको हो । गत आर्थिक बर्षमा यस्तो रोयल्टी ३ अर्ब ३६ करोड ५ लाख ५२ हजार ३ सय ९६ रुपैया संकलन भएको थियो । यस्तो रोयल्टी नेपाल टेलिकम,एनसेल,…

एसियाली विकास बैङ्कले नेपाललाई ४६ अर्ब सहुलियत ऋण दिने
आर्थिक परिवेश२१ असार, काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी पूर्व जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्सार तथा लजिष्टिक्स सुधार कार्यक्रम अन्तर्गत एसियाली विकास बैङ्कबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन र सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न…