सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने सरकारकाे निर्णय
आर्थिक परिवेश

२७ कार्तिक, काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । “हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो । बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । “टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री…

धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिंदै
आर्थिक परिवेश

२६ कार्तिक, काठमाडाैं । यम पञ्चक अर्न्तगत आज आइतवार  लक्ष्मी पूजा  गरेर मनाइदै  छ  । यस दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्दछिन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ। यस दिन विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औंशीको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने चलन छ। कोठासम्म गाईको गोबर र…

भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार दिइने
आर्थिक परिवेश

२६ कार्तिक,काठमाडौँ ।    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न  ५० हजार रूपैया दिने निर्णय गरेको छ । समितिका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९ औँ बैठकले भूकम्पपीडित प्रति परिवारलाई  २५/२५ हजार रूपैया गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठले भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल रकम र प्राविधिक पठाइने बताउनुभयो । “भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न रकम र प्राविधिक पठाउनुपर्छ”, उहाँले भन्नुभयो, “तत्काल अस्थायी आवास बनाउन सकिएन भने भूकम्पपीडित चिसोले कठ्याङ्ग्रिने…

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग
आर्थिक परिवेश

२६ कार्तिक, काठमाडाैं  ।  गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको  छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गोल्ड स्टानर सुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग सामग्री हस्तान्तरण गर्नु भएकाे छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो । गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले  ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाएकाे बताउनु भयाे  । सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको…

पोखराको सेती नदी माथि नयाँ डिजाइनको सिग्नेचर पुल निर्माण सुरु
आर्थिक परिवेश

२५ कार्तिक, पाेखरा ।  पोखराको सेती नदी माथि नयाँ डिजाइनको सिग्नेचर पुल निर्माण सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शनिबार पुलको शिलान्यास गर्नु भएकाे छ । शिलान्यास कार्यक्रममा मन्त्री ज्वालाले मुग्लिन हुँदै पोखरा आवतजावत गर्न पुलका कारण भएको असहजता नयाँ पुलले हटाउने बताउनु भयाे । उहाँले पुल निर्माण सम्झौताअनुसार समयमै पुरा गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनु भयाे । एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न लागेको हो। भ्याटबाहेक ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भ्याटसहित १ अर्ब १० करोड रुपैयाँ यसको कुल लागत रहने छ। मन्त्रालयका…