नेपाल टेलिकमको निर्वाचन अफर कात्तिक २७ देखि उपलब्ध
आर्थिक परिवेशकाठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ । टेलिकमले यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटाप्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै…
चुनावका लागि अर्थ मन्त्रालयले साढे १५ अर्ब निकासा दियो
आर्थिक परिवेशकाठमाण्डौ । आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीका लागि सरकारले कार्तिक २५ गतेसम्म साढे १५अर्ब बजेट निकासा दिएको छ । कार्तिक २५ गते शुक्रवार सम्ममा निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयले साढे १५ अर्ब बजेट निकासा दिएको अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सहसचिव चक्रबहादुर बुढाले बताउनु भयो । अर्थ मन्त्रालयले निकास दिएको बजेट मध्ये निर्वाचन आयोगलाई साढे ८ अर्ब, गृह मन्त्रालय र मातहतका निकायहरुलाई ६ करोड ८५ लाख ८४ हजार, म्यादी प्रहरीको व्यवस्थाका लागि १ अर्ब ८६ करोड,नेपाल प्रहरीका लागि १ अर्ब ९८ करोड,नेपाली सेनालाई ८९ करोड, शसस्त्र प्रहरीका लागि ९१ करोड र राष्ट्रिय अनुसन्धान विभागको लागि २ करोड ६४…
१२ अर्ब १४ करोडको लागनीमा नेपालमै पहिलो वृहत फलफुल खेती आयोजना संचालन हुने
आर्थिक परिवेशकाठमाण्डौ । नेपालमा अमिलो जातका र काष्ठजन्य फलफुलको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि आयोजना संचालन हुने भएको छ । नेपाल सरकार, एशियाली विकास बैक तथा विश्व कृर्षि तथा खाद्य सुरक्षा कार्यक्रमको वित्तीय लगानीमा नेपालको पहाडी क्षेत्रमा अमिलो जातका र काष्ठजन्य फलफुल विकासका लागि आयोजना संचालन हुने भएको हो । देशका पाँच प्रदेशका ३४ जिल्लाका १ सय पालिकाहरुमा पहाडी क्षेत्र काष्ठ तथा फलफूल विकास आयोजनाको माध्यमबाट फलफुलको उत्पादन तथा उत्पादकत्व वृद्धि सम्बन्धी कार्यहरु गरिने छ । आयोजनाको कार्यान्वयन नेपाल सरकार राष्ट्रिय फलफूल विकास केन्द्रले गर्ने गरी आवश्यक तयारी भैरहेको र आगामी ३ महिना पछि स्थलगत रुपमै आयोजनाको कार्यान्वयन शुरु हुने केन्द्रका…
एनएमबि बैकको लगानीलाई सहज बनाउन युएसएआइडीसँग समझदारी
आर्थिक परिवेशकाठमाण्डौ । एनएमबि बैंक लिमिटेडले बैकको लगानीलाई सहज बनाउन युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँग समझदारी गरेको छ । एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवद्र्र्घ्न गर्नेछ । युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र…
साझा यातायातले ४० विद्युतीय बसबाट यात्रुलाई आरामदायी सेवा सेवा दिने
आर्थिक परिवेशकाठमाडौं । साझा यातायातका ३७ वटा बिजुली बस आगामी १० दिनभित्र केरुङ नाकामा आइपुग्ने भएका छन् । साझा यातायात कम्पनीले यसअघि नै ३ वटा बिजुली बस नेपाल ल्याएर चलाइरहेको छ । यो पहिलो लटको ४० वटा बिजुली बसमध्ये बाँकी अहिले ल्याउन लागिएको हो । साझाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर गौरवराज पाण्डेका अनुसार उक्त ३७ वटा बिजुली बसले कोदारी हुँदै न्यान्जिङ–काठमाडौं यात्रा सुरु गरेका छन्। ’साझा यातायातका ३७ बिजुली बस यसपाली केरुङ नाकाबाट ल्याउन लागिएको हो,’ उनले भने, ’अबको १० दिनभित्र ती बसहरु नेपाली नाकामा आइपुग्नेछ। यसभन्दा अघि ३ वटा बिजुली बस तातोपानी नाकाबाट ल्याइएको थियो। ती बस नाका आइपुग्न ७÷८…