वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्ने सरकारको तयारी
आर्थिक परिवेश२५ मंसिर, काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो । लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उहाँले बताउनुभयो । नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो…
नेपाली शेयर बजारमा उच्च वृद्धि ३ पटकको सर्किट ब्रेक पछि कारोवार स्थगित
आर्थिक परिवेश२४ मंसिर, काठमाडौ । मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैकले लचकता अपनाए पछि त्यसको प्रभाव आइतवार नेपाली शेयर बजारमा परेको छ । यस दिन सेयर बजार परिसूचक ९ मिनेटको अवधीमा १११.२० अंकले बढेको छ । कारोवार शुरु भएको केही क्षणमै परिसूचक उच्चदरले बढे पछि नेपाल स्टक एक्सचेञ्जले बजारमा ३ पटकसम्म सर्किट लगाएको थियो । यस दिन शेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कारोबार बन्द भएको छ । बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो । पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५…
दिगोपना र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास गर्नु अपरिहार्य : विज्ञहरु
आर्थिक परिवेश२३ मंसिर, काठमाडौ । विज्ञहरुले दिगोपनता र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य रहेको बताउनु भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को नियमित कार्यक्रम ’फ्राइडे फोरम’ अन्तर्गत शुक्रवार ललितपूरमा आयोजित कार्यशालाका वक्ताहरुले देश, समुदाय र भविष्यको ऊर्जा विकासको लागि दिगोपना र स्थायित्व महत्वपूर्ण भएको बताउनु भयो । कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले समुदाय र वातावरणको भलाईका लागि जलविद्युतको दिगोपनामा ध्यान दिनुपर्ने बताउनु भयो । नेपाल जलविद्युत दिगोपनका मापदण्ड अपनाउने देशमा अग्रणी नै रहेको भन्दै नेपाल, क्यानडा, ब्राजिललगायत केही देशका केही जलविद्युत आयोजनाले यसअघि नै स्वर्ण प्रमाणपत्र (गोल्ड सर्टिफिकेट) लिएको पनि कार्कीले बताउनु भयो । इप्पानसहित युएसआईडी, हाइड्रोपावर सन्सटेनाबिली एलाइन्स,…
एनसेलको शेयर किनबेचका सम्बन्धमा अध्ययन गर्न सरकारले गठन गर्याे उच्चस्तरीय समिति
आर्थिक परिवेश२१ मंसिर, काठमाडौँ । सरकारले एनसेलको शेयर किनबेचका सम्बन्धमा उठेको प्रश्नको अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहिवार बसेको मन्त्रीपरिषद्को बैठकले पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरूमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिवहरू बाबुराम भण्डारी सञ्चार तथा रितेशकुमार शाक्य अर्थ तथा आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनुभएको छ । समितिलाई ३० दिनभित्र एनसेलको शेयर विक्रीका सम्बन्धमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउन समयावधी दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यस्तै मन्त्री परिषद् बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा…
पोखरामा बिहिवारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुने
आर्थिक परिवेश२० मंसिर, कास्की। मंसिर २१ देखि गण्डकी प्रदेशकाे राजधानी शहर पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएकाे छ । देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले पोखरामा बिहिवारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुन लागेकाे हाे । स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको सबै तयारी पूरा भएको छ । मेला आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ । मेलाबाट पोखरालगायत देशका विभिन्र औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने सङ्घका…