वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात र जाँचपास बढ्याे
आर्थिक परिवेश१७ मंसिर,वीरगञ्ज । मुलुकको आर्थिक गतिविधि चलायमान बन्दै गएपछि वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात बढ्नुको साथै सवारी साधनको जाँचपास हुने क्रम समेत बढेर गएको छ । चालु आर्थिक वर्षको ४ महिनामा वीरगञ्ज नाकाबाट १ हजार २७ थान जीप, कार, भ्यान, बस र ट्रकका चेसिस एवं टिपर लगायतका सवारी साधन जाँचपास भएका छन् । ८ हजार ८ सय ६९ थान मोटर साइकल वीरगञ्ज नाका हुँदै जाँचपास भई मुलुकका विभिन्न स्थानमा गएका छन् । यसबाट ३ अर्ब ६४ करोड ९९ लाख ४१ लाख राजस्व असुली भएको छ । वीरगञ्ज भन्सार कार्यालय आईसिपीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष ४ महिनामा वीरगञ्ज हुँदै…
हिमालय एयरलाइन्सले शुरू गरयाे काठमाडाैदेखि चीनको साङ्घाई सिधा उडान
आर्थिक परिवेश१६ मंसिर, काठमाडौँ । विदेशी लगानीकाे नेपाली एयरलाइन्स हिमालय एयरलाइन्सले काठमाडाैदेखि चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो अार्थिक राजधानी शहर साङ्घाईमा शनिवारदेखि नियमित उडान प्रारम्भ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिवार विहान ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो । उक्त जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ । काठमाडौँ-साङघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ । साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न…
युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
आर्थिक परिवेश१५ मंसिर,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा लगानी बढाउन संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र दुबई चेम्बरद्वारा संयुक्त रुपमा बिहीबार दुबईमा आयोजना गरिएको नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गर्नुभएको हो । सम्मेलन युएईस्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो । सो अवसरमा युएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताउनुभयो । उहाँले नेपाल र युएईबिच सुमधुर सम्बन्ध रहेकाले व्यावसायिक सम्बन्ध पनि बलियो बनाउँदै लैजान तयार रहेको विश्वास दिलाउनुभयो । फोरममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि युएईका लगानीकर्तालाई…
नेपालमा लगानीका अवसरहरूबाट लाभ लिएर लगानी बढाउन युएईका लगानीकर्ताहरूलाई ढकालकाे अनुराेध
आर्थिक परिवेश१५ मंसिर, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरूबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गर्नुभएको छ । युएईको दुबई मा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरूलाई आह्वान गर्नुभएको हो । अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना पनि भएको र नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेकाले नेपालमा लगानी गरेर लाभ लिन उनीहरुलाई आग्रह गर्नुभएको महासङ्घद्वारा जारी…
जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउछु : प्रम दाहाल
आर्थिक परिवेश१५ मंसिर,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुग्नुभएका प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरूले भोग्नुपरेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताउनुभयो । प्रधानमन्त्री दाहालले आफू आफ्ना एजेण्डा राख्ने तयारीका साथ सम्मेलनमा आएको बताउनुभयो । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गर्नुभएको स्वागत कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिका रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई…