अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने
आर्थिक परिवेश१५ चैत्र, काठमाडौँ । अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२४ भोली चैत १६ गतेदेखि ललितपुरकाे सानेपामा सुरु हुने भएकाे छ। उद्यमी महिलाहरुरुको साझा संस्था महिला उद्यमी महासंघ नेपाल(एफवीन)ले आयोजना गरेको यो मेला प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्न लागेका हुन। उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको प्रवृद्धन र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्यातकाका लागि सहजिकरण गर्न आयोजना गर्दै आएको यो मेला सातौँ संस्करण हो। महासंघले उद्यमी महिलाको क्षेत्रमा एड्भोकेसि, विजनेश डेभलपमेन्ट, क्यापसिटि विल्डीङ र नेटवर्किङमा केन्द्रीत रहेर काम गर्दै आएको छ। यहि उद्देश्य अन्तर्गत हरेक वर्ष यसरी नै राष्ट्रिय स्तरको मेला आयोजना गर्दै आएको महासंघले जनाएको छ। मुख्यगरि मेलाबाट उद्यमी महिलाहरुलाई…
नेपाली बजारमा सुनकाे मुल्यले बनायाे रेकर्ड
आर्थिक परिवेश१५ चैत्र, काठमाडौं। स्थानीय बजारमा बिहिवार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार नौ सय तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला एक हजार चार सय ९० मा कारोबार भएको चाँदी…
अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक समानको प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमती
आर्थिक परिवेश१४ चैत्र, काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का तर्फबाट कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार टीइपीसी र एनआरएनएको सहकार्यम नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने तय भएकाे छ । समझदारीमा नेपाली डायस्पोरामा बढी भन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन…
अमेरिकी लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न मन्त्री भण्डारीकाे आह्वान
आर्थिक परिवेश०५ चैत्र, काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र अमेरिकी वाणिज्य तथा बौद्धिक सम्पत्ति कार्यालयका उपसचिव एवं युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिस (युएसपिटीओ) का निर्देशक क्याथरिन के भिडेलबीच आज मन्त्रालयमा छलफल भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युएसपिटीओबीच बौद्धिक सम्पत्तिमा द्विपक्षीय सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरिएको छ । नेपालले विश्व व्यापार सङ्गठन र विश्व बौद्धिक सम्पत्ति सङ्गठनको सक्रिय सदस्य हुँदाहुँदै पनि बौद्धिक सम्पत्तिको सिर्जना गरी व्यापार तथा लगानीमा त्यसको लाभ लिनुपर्ने उद्योग मन्त्री भण्डारीले बताउनुभयो । “हामीले व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार (ट्रिप्स) सम्झौताको धारा ६६.२ र लाभको बाँडफाँटमा पहुँचसम्बन्धी नागोया प्रोटोकलअनुसार लाभ…
शुक्रवार राती १२ बजे देखि इन्धनकाे मुल्य घट्याे
आर्थिक परिवेश०२ चैत्र, काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको निगमले जनाएको छ। निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ। इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।