विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानीस्थल : चन्द्र ढकाल
आर्थिक परिवेश

१५ कार्तिक, काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ । बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानी स्थल रहेको बताउनुभयो । जलविद्युत्लाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयबारे अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत् आयोजनामा लगानीको थप अवसर प्राप्त भएको प्रस्ट पार्नुभयो । बङ्गलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युत्का लागि थप बजार सृजना भएको उहाँले सम्बोधनका क्रममा बताउनुभएको महासङ्घद्वारा आज…

भारतबाट नेपालमा केराकाे आयात बढ्दाे २ महिनामा रूपैडियाबाट १० करोड ३१ लाखकाे भित्रियाे
आर्थिक परिवेश

१४ कार्तिक, नेपालगंज । चाडबाड शुरू भए संगै भारतबाट नेपालमा केराकाे आयात अत्यधिक मात्रामा बढेकाे छ । दशै तिहार तथा छठका लागि भनेर नेपालमा भारतीय केरा भित्रिने क्रम बढेकाे विभिन्र भन्सार कार्यालयहरूले जनाएका छन् । यस अघि चालु आर्थिक वर्षको दुइ महिना सम्ममा नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको केरा नेपालमा आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चाडपर्वको सिजन भएका कारण यी दुई महिनामा केरा आयात अत्यधिक हुने गरेको छ । यो अवधिमा २४ सय ६६ मेट्रिक टन केरा आयात भएको हो । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले यहाँबाट…

अर्थतन्त्रलाई माथि उठाउन उद्योगी व्यवसायीहरूले सकारात्मक योगदान दिनुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

२६ असाेज, वीरगञ्ज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यबाट मात्र समृद्धि प्राप्तिको लक्ष्य पूरा हुने बताउँदै अर्थतन्त्रलाई माथि उठाउन उद्योगी व्यवसायीहरूले सकारात्मक योगदान दिनुपर्ने बताउनुभएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधि मण्डल सँगको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै निर्धक्क भएर मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो । उहाँले देशको अर्थतन्त्रलाई चौतर्फी ढङ्गबाट आधुनिकीकरण गर्नुपर्नेमा जोड दिँदै उद्योग वाणिज्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । भेटवार्तामा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले वीरगञ्जका उद्योगी व्यवसायीले भोगिरहेका समस्याबारे ध्यानाकर्षण गराउनुभएको…

देशले हाल भोग्नु परेको आर्थिक समस्या समाधानका लागि गुणात्मक सुधार आवश्यक प्रधानमन्त्री
आर्थिक परिवेश

२५ असोज, काठमाण्डौ ।  मुलुकले हाल बेर्होनु परेको आर्थिक समास्याका वारेमा छलफल गरी साझा धारणा बनाउन र समस्याको समाधानको मार्ग पहिल्याउन नेपाल उद्योग बाणिज्य महासंघले राष्ट्रिय आर्थिक बहसको आयोजना गरेको छ । सुधारका लागि सहकार्य भन्ने उदघोषका साथ महासंघले बिहिवार काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा महासंघले मुलुकको आर्थिक समास्याको समाधान गर्न र मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट उच्चस्तरीय आर्थिक सुधार आयोगको गठन गर्न सरकारलाई प्रस्ताव गरेको छ । बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशले हाल भोग्नु परेको समस्या सानो तिनो सुधारले सम्भव नभएको भन्दै त्यसका लागि गुणात्मक सुधार आवश्यक भएको बताउनु भयो ।…

हिमालयन इन्टरनेशनल एक्स्पो २०८० को तयारी अन्तिम चरणमा
आर्थिक परिवेश

२१ असोज, काठमाण्डौं ।   आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६ गते देखि २९ गते (अक्टोबर १३ तारिख देखि १६ तारिख) सम्म सञ्चालन गर्दैछ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो,…