सुनचाँदी ब्यवसायीहरुले सुनचाँदी ब्यवसाय सम्वन्धी निर्देशिका जारी गर्न माग
आर्थिक परिवेशकाठमाण्डौ । सुनचाँदी ब्यवसायीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डले वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराईसंग भेटी सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशकाको अभावमा ब्यवसाय सञ्चालनमा नै बाधा पुुगेको भन्दै सिघै निर्देशका जारी गर्न आग्रह गरेको हो । भेटका क्रममा महानिर्देशक भट्टराइले ब्यवसायीहरुको मागलाई आफूले सकारात्मकरुपमा लिएको र शिघ्र निर्देशिका जारी गर्न पहल गर्ने बताउनुुभयो । पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाई…
सुन आपूर्तिको कोटा बढाउन सुनचाँदी व्यवसायीको सरकारलाई आग्रह
आर्थिक परिवेशकाठमाडौं। बजार मागअनुसार सुनको आपूर्तिको कोटा बढाउन सुनचाँदी व्यवसायी महासंघले सरकारलाई आग्रह गरेको छ। मुलुकको विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले सुनचाँदीको आयात कोटा आधै घटाएको छ। बजारको आवश्यकता अनुसारको परिमाणमा कच्चा सुन आपूर्ति हुन नसक्दा व्यवसायीलाई मर्का परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए। ‘नेपाल राष्ट्र बैंकले सुनको आयात कोटा घटाउँदा कारोबारमा असर परेको छ। बजारमा सुनको अभाव छ,’ उनले भने। उनका अनुसार माग अनुसार कच्चा सुन पाउन नसकेपछि देशभरका सुनचाँदी व्यवसायीले महासंघलाई ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्था प्रभावकारी बनाउन आवश्यक पहल गर्न आग्रह गरिरहेका छन्। महासंघले पनि आपूर्ति बढाउन सम्बद्ध निकायसँग आवश्यक पहल गर्दै आएको उनले बताए। उनका अनुसार उपत्यका र बाहिरका सुनचाँदी व्यवसायी संघहरुले आपूर्ति बढाउन माग गर्दै ज्ञापनपत्र बुझाउन…
तीन महिनामा नेपालको व्यापार घाटा सवा चार खर्ब रुपैयाँ
आर्थिक परिवेशकाठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपालको व्यापार घाटा सवा चार खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार असोजसम्मको कुल व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपैयाँ पुगेको छ । जुन चालु आर्थिक वर्षको अघिल्लो (भदौ) महिनाको भन्दा एक खर्ब ४३ अर्ब रुपैयाँले धेरै हो । तीन महिनाको अवधिमा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ बराबरको कुल अन्तर्राष्ट्रिय व्यापार गरेको थियो । जसमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात…
आईसिपी बीरगंज भन्सारको राजस्व असुलीमा ३० प्रतिशतको कमी
आर्थिक परिवेशबीरगंज । आयातमा गरिएको कडाईका कारण एकीकृत भन्सार जाँच चौकी आईसिपी बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९÷०८० को ३ महिनामा तोकिएको लक्ष्य भन्दा ३० प्रतिशत कम राजस्व असुली गरेको छ । बीरगंज भन्सार कार्यालय आईसिपीले चालु आर्थिक बर्षको साउन, भदौ, असोज महिनामा ३९ अर्ब ६२ करोड ६३ लाख १९ हजार रुपैयाँ राजस्व असुली गरेको छ । भन्सार विभागले बीरगंज भन्सार कार्यालयलाई ३ महिनामा ५६ अर्ब ३७ करोड ८६ लाख ९९ हजार राजस्व असुलीको लक्ष्य तोकेको भए पनि लक्ष्य भन्दा झण्डै ३० प्रतिशत कम राजस्व असुली भएको छ । ३ महिनामा आयातमा गरिएको कडाईका कारण लक्ष्य भन्दा १६ अर्ब ७५…
विश्व व्यापार संगठनको डब्लुटिओ चेयर्स प्रोग्राम नेपालमा शुभारम्भ
आर्थिक परिवेशकाठमाण्डौ । विश्व व्यापार संगठनको डब्लुटिओ चेयर्स प्रोग्राम नेपाल सोमवारदेखि नेपालमा शुभारम्भ भएको छ । विश्व व्यापार संगठन (डब्लुटिओ) को डब्लुटिओ चेयर्स प्रोग्राम नेपालमा कार्यान्वयनका लागि छनौटमा परेको काठमाण्डौ विश्व विद्यालय व्यवस्थापन संकाय (कुसोम) ले सो कार्यक्रमको कार्यान्वयन शुरु गरेको हो । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले पानसमा दीप प्रज्वलन गरी ललितपुरमा कार्यक्रमको शुभारम्भ गर्नु भयो । विश्व व्यापार संगठनले तेस्रो चरणको डब्लुटिओ चेयर्स प्रोग्राम कार्यान्वयनका लागि विश्वका १२० विश्व विद्यालयहरुबाट आवेदन माग गरेकोमा प्राप्त भएको आवेदनबाट १७ वटा विश्व विद्यालयहरु छनौट भएका थिए । त्यस मध्येमा नेपालको तर्फबाट काठमाण्डौ विश्व विद्यालय व्यवस्थापन संकाय (कुसोम) छनौट भएको हो ।…