
नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ कीर्तिमान कायम
आर्थिक परिवेश१४ कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै बुधवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बाढी तथा पहिरकाे कारण अवरूद्ध रसुवागढी र ताताेपानी नाका सञ्चालनमा आए
आर्थिक परिवेश१४ कार्तिक, काठमाडाैं । असाेजकाे दाेस्राे साताकाे बाढी तथा पहिरकाे कारण अवरूद्ध रसुवागढी–केरुङ तथा सिन्धुपाल्चाेककाे ताताेपानी नाका सञ्चालनमा आएसँगै अायात निर्यात शुरू भएकाे छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो । मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् । राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली…

माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
आर्थिक परिवेश१३ कार्तिक म्याग्दी । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको हाे । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ । कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको विस्तार गर्नुका साथै…

८ वटा रुग्ण,बन्द र कार्यसम्पादन कमजोर भएका उद्योग नीजिकरणको प्रकृयामा लाने सरकारकाे तयारी
आर्थिक परिवेश०५ कार्तिक, काठमाण्डौ । सरकारले विभिन्न ८ वटा बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका उद्योगहरुलाई नीजिकरणको प्रकृया अघि बढाएको छ । नेपाल सरकारको निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सोमवार बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि…

सिर्सिया सुक्खाबन्दरगाह भन्सारबाट ३ महिनामा १२ अर्ब ७५ करोड ७८ लाख राजस्व असुल
आर्थिक परिवेश०३ कार्तिक वीरगन्ज । आईसिपी भन्सारपछि वीरगन्जको दोस्रो भन्सारको रुपमा स्थापित सिर्सिया सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०८१/०८२ को असोज मसान्त सम्म ३ महिनाको अवधिमा १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा अर्थमन्त्रालय भन्सार विभागले तोकेको लक्ष्यको ७९ दशमलब ७५ प्रतिशत राजश्व असुली गरेको छ । सुख्खाबन्दरगाह भन्सार कार्यालयबाट बिशेषगरी विदेशी मदिरा, इलेक्ट्रोनिक सवारी साधन आयात हुने गरेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले जानकारी दिनुभयो । सुख्खाबन्दरगाह भन्सार कार्यालय वीरगंजले चालु आर्थिक वर्षको साउनमा ३ अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन …