नेपाली शेयर बजारमा दाेहाेराे अंककाे सुधार
आर्थिक परिवेश३० असाेज,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक साता पछि दोहोरो अङ्कको वृद्धि देखिएको छ । मंगलवार नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८९ कम्पनीको ३८ लाख १३ हजार दुई सय ३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा रू एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २७, निर्जीवन बीमा समूह शून्य दशमलव ५३ र व्यापार समूह एक दशमलव २५ प्रतिशतले घटेको छ…
तेस्रो दिन पनि परिसूचक दाहाेराे अंकले घट्याे
आर्थिक परिवेश२३ असाेज, काठमाडौँ । यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । मंगलवार नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ को बिन्दुमा कायम भएको छ । यस दिन विभिन्न दुई सय ८२ कम्पनीका ४२ लाख ८७ हजार चार सय २४ कित्ता शेयर ४४ हजार ६९ पटक खरिदबिक्री हुँदा एक अर्ब २८ करोड ३१ लाख ८२ हजार एक सय ४५ रूपैयामा कारोबार भएका छन् । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत् समूह एक दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव ६९ प्रतिशतले…
शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह देखिएन
आर्थिक परिवेश२१ असाेज, काठमाडौँ । शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक ३५ दशमलव ६७ अङ्कले घटेको छ । परिसूचक एक दशमलव ८२ प्रतिशतले घटेर एक हजार नौ सय २१ दशमलव २४ को बिन्दुमा कायम भएको हो । पुँजी बजारका लगानीकर्ताको मनोबल बढाउन भन्दै शेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन । नेपाल राष्ट्र बैंकले गत बिहीबार बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको थियो । यसअघि शेयर धितो कर्जाका रुपमा…
लगानीकर्ताहरूकाे ज्ञान अभिवृद्धिमा धिताेपत्र बाेर्ड र महासंघबीच सहकार्य हुने
आर्थिक परिवेश१९ असोज, काठमाडौं । पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गरी सुसूचित एवं विश्वसनीय धितोपत्र बजार विकास गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले सहकार्य गर्ने भएका छन् । पँुजी बजार सम्बन्धी ज्ञान तथा जनचेतना अभिवृद्धिका लागि लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा मिति २१८ गते महासंघमा आयोजित एक कार्यक्रममा उक्त समझदारी भएको हो । उक्त समझदारीपत्रमा बोर्डका अध्यक्ष रमेश कुमार हमाल र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गर्नु भएको छ । कार्यक्रममा बोर्डका अध्यक्ष हमालले समझदारीका लागि महासंघलाई धन्यवाद ज्ञापन गर्दै वित्तीय साक्षरता अभिवृद्धिमा एक…
नेपालमा आजबाट विश्व लगानीकर्ता सप्ताह शुरु बजारलाई स्वस्थकर बनाउन जरुरी अर्थमन्त्री
आर्थिक परिवेश१५ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालमा आजबाट विश्व लगानीकर्ता सप्ताह शुरु भएको भएको छ । धितोपत्र बोर्डहरुको अन्तराष्ट्रिय संगठन आइएसकोको आव्हानमा नेपाल धितोपत्र बोर्डको नेतृत्वमा त्यस क्षेत्रका सम्वद्ध निकायहरुको समेत संलग्नतामा आयोजित विश्व लगानीकर्ता सप्ताहको अर्थमन्त्री डा प्रकाशशरण महतले शुभारम्भ गर्नु भयो । कार्यक्रममा अर्थमन्त्री डा महतले शेयर बजारबाट केही सिमित व्यक्तिहरुले चलखेल गरी फाइदा लिने र सर्वसाधारण आम लगानीकर्ताहरुलाई बिलखबन्धनमा पार्ने काम भैरहेको भन्दै त्यसतर्फ लगानीकर्ता र नियामक सचेत हुनुपर्ने बताउनु भयो । उहाँले बजारलाई स्वच्छ बनाउदै लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भयो । अर्थमन्त्री महतले धितोपत्र बजारबाट गोप्य सूचनाहरु चुहिने र…