आइतवार नेपाल स्टक एक्सचेञ्जकाे परिसूचक ३३ दशमलव २० अङ्कले घट्याे
आर्थिक परिवेश

१४ असोज, काठमाण्डौं ।  साताको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ । विभिन्न दुई सय ८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय पटक किनबेच हुँदा एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचकहरु राताम्य भएका छन् । यस दिन सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ३२ र वित्त समूह दुई दशमलव १७ प्रतिशतले घटेको छ । आइतवार बजारमा सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा…

नियामक संस्थाका प्रमुखबीचको भेटवार्ता वित्त र धिताेपत्र बजारकाे बारेमा छलफल
आर्थिक परिवेश

०८असाेज, काठमाडौं।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ।  अध्यक्ष हमालले गभर्नर अधिकारीलाई सोमबार राष्ट्र बैंक पुगेर भेट गर्नु भएकाे हाे । अधिकारी र हमालबीच बढ्दो ब्याजदर, सेयर धितो कर्जामा लगाइएको सीमा, भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटीलगायत विषयमा छलफल भएको उहाँहरुका निकट स्रोतले जनाएका छन्। राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा र महँगो ब्याजदरका कारण सेयर बजार बढ्न सकेको छैन। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर धितो कर्जाको सीमा हटाउनुपर्ने बताउँदै आएका छन्। उनले राष्ट्र बैंक, बोर्ड र नेप्सेका उच्च अधिकारीलाई बोलाएर बजार बढ्ने उपाय अवलम्बन गर्न पनि भनिसक्नु भएकाे …

शेयर बजारकाे परिसूचक तथा काराेवार रकममा उत्साहजनक वृद्धि
आर्थिक परिवेश

४ असाेज, काठमाडौं।  साताकाे अन्तिम काराेवार दिन  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । यस दिन नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको छ । बिहिवार  विभिन्न दुई सय ७८ कम्पनीहरूका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक किनबेच हुँदा तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ । बिहिवारकाे कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युत् समूहको उपसूचक पाँच दशमलव ३१ प्रतिशतले बढेको छ भने…

शेयर बजारको कारोवार सूचक मंगलवार दोहोरो अङ्कले बढ्याे
आर्थिक परिवेश

२ असाेज, काठमाडाैं ।  नेपाली शेयर बजारको कारोवार सूचक मंगलवार दोहोरो अङ्कले बढेको छ । मंगवारको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको छ । यस दिन विभिन्न दुई सय ७२ कम्पनीहरुका ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयरहरु एक अर्ब १७ करोड ६६ लाख ८० हजार मुल्यमा किनबेच भएका छन् । मंगलवार होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।यस दिन सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक तीन दशमलव २१ प्रतिशतले बढेको छ । कारोबार रकम र कारोकार भएका…

शेयर बजार बढेर बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा
आर्थिक परिवेश

२७ भदाै, काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक बुधवार ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ । यस दिन बजारमा दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ । बुधवारको कारोबारमा सबै समूहका उपसूचकहरूमा हरियाली देखिएको छ । जसमध्ये जलविद्युत् समूहको उपसूचक सबैभन्दा धेरै तीन दशमलव ६२  प्रतिशत र वित्त समूहको उपसूचक तीन दशमलव २० प्रतिशतले बढेको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर…