नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासाेकाे सूचीबाट हटाउन अर्थमन्त्रीको आग्रह
आर्थिक परिवेश२६ असाेज, मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गर्नुभएको हो । उहाँले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन आग्रह गर्नुभयो । सन् २०१३ देखि इयुले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । इयुले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्विकार गरेको…
उच्च ब्याजदरले धेरै ऋण भएका देशलाई समस्यामा पार्नसक्छ : विश्व बैङ्क
आर्थिक परिवेश२५ अशोज,मोरक्को। विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिले कर्जा व्यवस्थापनका लागि सङ्घर्षरत देशहरूलाई समस्यामा पार्न सक्ने चेतावनी दिएका छन् । विगत केही महिनाहरूमा अमेरिकी फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक र विश्वव्यापीरूपमा राष्ट्रिय बैङ्कहरूले पनि उच्च मुद्रास्फीतिलाई कम गर्नको लागि दरहरू बढाउँदै यो वृद्धि सामान्य अपेक्षाभन्दा धेरै समयसम्म लम्बिन सक्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोभिड–१९, युक्रेनमा जारी युद्ध र जीवनयापनको लागतको सङ्कटका बाबजुद पनि विश्व अर्थतन्त्र लचिलो रहेको बताएको छ । “यी सबै झट्काका बावजुद हामीले कुनै पनि ठूला अर्थतन्त्रहरू वास्तवमै समस्यामा परेको देखेका छैनौं । विश्व बैङ्कका प्रमुख अर्थशास्त्री इन्द्रमित गिलले भन्नुभयो, “यो एउटा राम्रो…
सर्वदलीय बैठकमा इजरायल घटनामा दिवङ्गत, प्रभावमा परेका र उद्धार सम्बन्धमा छलफल
आर्थिक परिवेश२२ असाेज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा इजरायल घटनामा दिवङ्गत भएका र प्रभावमा परेका नेपालीहरूको सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साेमवार बसेको बैठकमा सरकारले इजरायल घटनामा परेका नेपालीहरूको भइरहेको उद्धार तथा प्रगतिको बारेमा प्रधानमन्त्री प्रचण्डले जानकारी गराउनुभएको नेताहरूले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका वरिषठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री प्रचण्डले इजरायल घटनामा नेपालीहरूको पछिल्लो स्थितिको बारेमा जानकारी गराउनुभएको र आफूहरूले सन्तुलित रुपमा अघि बढ्न सुझाव दिएको बताउनुभयो । यस्तै, बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले इजरायल घटनामा परेकाहरूको उद्धार र राहतका लागि काम गरिरहेकोले थप दुःखद घटनामा…
नेपालीहरुको शव फिर्ता गर्न इजरायल सरकार र सरोकारवाला निकायसँग सहकार्य गरि प्रकृया अघि बढयाे
आर्थिक परिवेश२२ असाेज, तेल अबिब, इजरेल । दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट दुखद निधन भएका १० जना नेपालीहरुको शव फिर्ता गर्नका लागि नेपाली राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको छ । घटनामा परी घाइते मध्ये ४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने दुई जनालाइ तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको नेपाली राजदूतावास तेल अबिबले जनाएकाे छ। साथै, सम्पर्क विहिन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको छ। हाल युद्ध भइरहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली…
४९ विद्यार्थीमध्ये ५ टोलीका ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारियाे
आर्थिक परिवेश२२ असाेज, कञ्चनपुर । इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट ६ टोलीमा गएका ४९ विद्यार्थीमध्ये ५ टोलीका ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जानकारी दिनुभयो । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्रबाट ३२ जना सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीको उद्धार गरी इजरायली सेनाको सुरक्षा घेरामार्फत सुरक्षित स्थानतर्फ लगिएको नेपाली दूतावासलाई उद्धृत गर्दै रजिष्ट्रार पाठकले बताउनुभयो । सिकाइसँगै कमाइ कार्यक्रमका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो । जसमध्ये १७…