
कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइनेछ : प्रम दाहाल
आर्थिक परिवेश११,असाेज, तिब्बत,चीन । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरुको पबित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताउनुभएको छ । आज कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको स्थलगत अवलोकन गरी उहाँले नेपाली भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भैसकेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने जानकारी दिनुभयो । चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५०…

अर्थमन्त्री डा. महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान
आर्थिक परिवेश०९ असाेज, कायारो , इजिप्ट। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गर्नुभएको छ । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गर्नुभएको हो । बैठकमा अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान तस्वीर सहित
आर्थिक परिवेश८,असाेज बेइिजड.चीन । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन सरकारकाे तफर्बाट विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेना (पीएलए) काे विशेष टुकडीले तोपको सलामीसहित ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सहभागी रहनुभएकाे थियाे । सम्ममानकाे समाराेहमा चिनिया तथा नेपाली भ्मणादलका सदस्यहरूकाे पनि सहभागिता रहेकाे थियाे । त्यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नु भएकाे थियाे। …

नेपाल र चीनबीच विभिन्न १३ वटा विषयमा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर
आर्थिक परिवेश८ असाेज, बेइजिङ ,चीन । नेपाल र चीनबीच विभिन्न १३ वटा विषयमा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच साेमवार ग्रेट हल अफ दी पिपुलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा मीनबहादुर…

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
आर्थिक परिवेशबेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नुहुँदै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गर्नुभयो । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेको सम्मेलनमा उहाँले नेपालमा पर्यटन, पूर्वाधार, ऊर्जा, कृषि, औषधिजन्य उत्पादन लगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको भन्दै लगानी गरी लाभ लिन आग्रह गर्नुभयो । “नेपालमा पछिल्लो समय लगानीको वातावरण बनेको छ, सम्भावना भएका क्षेत्रमा लगानी गरी लाभ लिन म यहाँहरूसमक्ष आग्रह गर्दछु”,…