तीन महिनामा नेपालबाट बाहिरियाे ३३ अर्ब रुपैयाँ
आर्थिक परिवेश२४ कात्तिक, काठमाडौं । नेपालबाट विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ को तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको छ । यो गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो आवको तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो । यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएका नेपाल राष्ट्र बैंकले जनाएको छ । भ्रमण आय भने १७ अर्ब २ करोड रुपैयाँ छ । यो गत आवको तुलनामा ५१.३…
भारतीय वस्तुले शून्य भन्सार पाएर नेपाल भित्रिँदै नेपाली वस्तुमा परिमाणात्मक बन्देज लगायत असमान प्रावधान
आर्थिक परिवेश२४ कार्तिक,काठमाडौं । नेपाल र भारत बीचकाे वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ। संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधन बिनै नवीकरण भएको हो। भारतसँगको वाणिज्य सन्धि स्वतःनवीकरण भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनु भयाे । ‘हरेक सात वर्षमा नवीकरण गर्नुपर्ने सन्धिकै व्यवस्थाअनुसार स्वतःनवीकरण भएको हाे । सन्धि संशोधन र पुनरावलोकनको विषय उठिरहे पनि यसपटक भएन तर बीचमा संशोधन गर्न सकिन्छ’, उहाँले भन्नु भयाे , ‘हामी दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकको तयारी गरिरहेका छौं। त्यसबेला पनि यो विषय उठाउन सकिन्छ।’ नेपाल र भारतबीचको पारवहन सन्धि बीचमा पनि संशोधन भएको…
एसियाली बैंकर्स एसोसिएसन(एबीए) को ३९ औं वार्षिक सम्मेलन बिहिबारदेखि काठमाडौंमा
आर्थिक परिवेश२२ कार्तिक,काठमाडौं। एसियाली बैंकर्स एसोसिएसन(एबीए) को ३९ औं वार्षिक सम्मेलन बिहिबारदेखि काठमाडौंमा हुने भएकाे छ। सम्मेलन नेपाल बैंकर्स संघ(एनबीए)को पहलमा पहिलोपटक नेपालमा हुन लागेको हो। बैंकिङ क्षेत्रमा देखिएको व्यापक उतारचढावकाबीच एसियाली बैंकर्स एसोसिएसनको सम्मेलन काठमाडौंमा गर्न लागिएको हो जहाँ एसियाका २५ भन्दा धेरै मुलुकका ६० बैंकका बैंकर सहभागी हुनेछन्। सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्नेछन्। सम्मेलनमा विभिन्न मुलुकका २० भन्दा बढी वक्ताहरूले धारणाा राख्ने कार्यक्रम रहेकाे नेपाल बैकर्स संङले जनाएकाे छ । सम्मेलनमा एबीएका अध्यक्ष यूजीन एस एसेभेडो, एसियाली विकास बैंकका निर्देशक अब्दुल अबियाद, फाइनान्सियल होल्डिङ कम्पनीका पूर्वअध्यक्ष र सीईओ…
चीनले गरयाे ३० करोडको राहात सामाग्री नेपाललाई हस्तान्तरण १० कराेडकाे आउदै
आर्थिक परिवेश२२ कार्तिक ,कास्की । चिनले ३० करोडको राहात सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ। बुधवार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरका सामाग्री उपप्रधानमन्त्री नारायाणकाजी श्रेष्ठले बुझ्नु भयाे । उहाँले राहात सामाग्री नेपाललाई हस्तान्तरण गरेकाेमा चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ । हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदुत छन् सङले झण्डै ३० करोड बराबरको राहत सामाग्री नेपाललाई हस्तान्तरण गर्नु भएको हो । चिनियाँ राजदुत सङले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री हस्तान्तरण गर्नु भयो । नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुस्खमा साथमा…
अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दर ४.३५ प्रतिशतले बढायाे
आर्थिक परिवेश२१ कार्तिक, सिड्नी। अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ । रिजर्व बैङ्क अफ अस्ट्रेलियाले नगद दरलाई एक चौथाइ प्रतिशतले कडाइ गरेर चार दशमलव ३५ प्रतिशत बढाएको छ । यो सन् २०११ पछिको उच्चतम स्तर हो । पाँच महिनामा यो पहिलो वृद्धि थियो र सेप्टेम्बरमा केन्द्रीय बैङ्कको गभर्नर पद सम्हालेपछि मिसेल बुलकको नेतृत्वमा यो पहिलो वृद्धि हो । पछिल्लो आँकडाले सेप्टेम्बर ३० देखि तीन महिनाका अवधिमा वार्षिक मुद्रास्फीति अपेक्षा गरिएको भन्दा बढी पाँच दशमलव चार प्रतिशतले भइरहेको अवस्थामा मुद्रास्फीतिमाथि नियन्त्रण गर्न गभर्नर बुलकले कदम चाल्ने व्यापक अपेक्षा गरिएको…