
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल
आर्थिक परिवेश१३ असोज, छन्दु चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताउनुभयो । भ्रमणको सुरुमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सिसिपिआइटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो । उक्त समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मिलित भएका थिए । समिटमा…

स्वीट्जरल्यान्डसहित ३ मुलुकसंग हवाई सम्झौता गर्ने नेपालको तयारी
आर्थिक परिवेश१२,असोज, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको छ । नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो । तीनवटै मुलुकसँग हवाई सम्झौताका लागि आवश्यक कागजी प्रक्रिया पूरा भइसकेकाले समय र स्थान तय गरेर सम्झौता गरिने उहाँको भनाइ छ । क्यानाडाको मोन्ट्रियलमा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४१औँ महासभाका अवसरमा दुई देशबीच प्रारम्भिक हवाई सम्झौताको सैद्धान्तिक सहमति भएको थियो । नेपाल र स्वीट्जरल्यान्डबीच एयर कनेक्टिभिटीका लागि एमओयु भएको र अरू धेरै मुलुकसँग पनि एमओयु…

कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइनेछ : प्रम दाहाल
आर्थिक परिवेश११,असाेज, तिब्बत,चीन । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरुको पबित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताउनुभएको छ । आज कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको स्थलगत अवलोकन गरी उहाँले नेपाली भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भैसकेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने जानकारी दिनुभयो । चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५०…

अर्थमन्त्री डा. महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान
आर्थिक परिवेश०९ असाेज, कायारो , इजिप्ट। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गर्नुभएको छ । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गर्नुभएको हो । बैठकमा अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान तस्वीर सहित
आर्थिक परिवेश८,असाेज बेइिजड.चीन । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन सरकारकाे तफर्बाट विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेना (पीएलए) काे विशेष टुकडीले तोपको सलामीसहित ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सहभागी रहनुभएकाे थियाे । सम्ममानकाे समाराेहमा चिनिया तथा नेपाली भ्मणादलका सदस्यहरूकाे पनि सहभागिता रहेकाे थियाे । त्यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नु भएकाे थियाे। …