सराहना श्रेष्ठ अमेरिकाको स्टेट एसेम्बली चुनावमा विजयी
आर्थिक परिवेशकाठमाडौं। नेपाली मूलकी सराहना श्रेष्ठ अमेरिकाको स्टेट एसेम्बली चुनावमा विजयी भएकी छन्। न्युयोर्क स्टेट लेजिस्लेचरको १०३ औं चुनावमा डेमोक्र्याट श्रेष्ठले रिपब्लिकन उम्मेदवार प्याट्रिक सिहानलाई पराजित गरेकी हुन्। मंगलबार भएको चुनावमा श्रेष्ठले ३५ हजार ४९३ भोट ल्याउँदा सिहानले २३ हजार १०४ मत पाएका थिए। गत जुनमा श्रेष्ठले लामो समयदेखि सांसद रहँदै आएका केभिन काहिल, डी-किङ्सटनलाई प्राइमरीमा हराउँदै नोभेम्बर ८ को चुनावमा उम्मेदवार बनेकी हुन्। श्रेष्ठ सन् २०१९ मा अमेरिकी नागरिक बनेकी थिइन्। उनले चुनावमा आफ्नो मुख्य एजेन्डा ऊर्जाको वितरणलाई स्वच्छ, सुलभ र पहुँचयोग्य बनाउन केन्द्रित गरेकी थिइन्। साथै नवीकरणीय ऊर्जालाई थप प्रोत्साहन गर्ने वाचा उनले मतदातासँग गरेकी थिइन्। उनको सोही एजेन्डालाई अमेरिकी जनताले अनुमोदित…
क्यान महासंघका अध्यक्ष कुंवर असोसियोको उपाध्यक्षमा निर्वाचित
आर्थिक परिवेशकाठमाण्डौ । कम्प्युटर एशोसियसन नेपाल महासंघका अध्यक्ष नवराज कुंवर एशियन–ओसियन कम्प्युटिङ ईण्डष्ट्रिज अर्गनाईजेशन असोसियोको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुंवर उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । इन्फर्मेशन सर्भिस ईण्डष्ट्रि एशोसियसन ताईवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय समितिमा नेपाल लगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हंगकंग, भियतनाम, मलेशिया र सिंगापुरका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित हुनुभएको छ । एशिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सुचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनहरु सदस्य रहेको असोसियो सन् १९८४…
विश्वका धनी व्यक्ति एलन मस्कबाट ट्वीटरको स्वामित्व ग्रहण, प्रमुख कर्मचारीहरु निष्काशनमा परे
आर्थिक परिवेशकाठमाडौं । एलन मस्कले बिहीबार ट्वीटर आफ्नो स्वामित्वमा ल्याए सँगै सीइओ र सीएफओलाई बर्खास्त गर्नु भएको छ । मस्कले गत अप्रिलमा ४४ बिलियन डलरमा ट्वीटर किन्ने निर्णय गर्नु भएको थियो । तर त्यसको केही समयपछि मस्क आफ्नो निर्णयबाट पछि हटेपछि ट्वीटर र मस्क बीच कानुनी लडाइ सुरु भएको थियो । मस्कले अदालतले दिएको म्यादभन्दा एक दिन अघि ट्वीटर खरिद सम्झौता पूरा गरेर यो लडाइलाई विश्राम दिनु भएको छ । आफूलाई उक्त प्लेटफर्ममा स्पाम खाताहरूको संख्यामा भ्रमित गरेको आरोप लगाएर मस्कले ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकारी नेड सेगल र कानुनी मामिला तथा नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गर्नु…
६वर्षमा नेपालको होटल क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०२ प्रतिशत
आर्थिक परिवेशकाठमाण्डौ । विगत छ वर्षमा नेपालका होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०१.७१ प्रतिशतले बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने घोषणा गरेसँगै होटलहरुमा स्वदेशी र विदेशी दुबै लगानी बढेको हो । बैंक तथा वित्तीय संस्थाको लगानी यस अवधिमा मात्रै बढेर एक खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले बढी हो । त्यसैगरी सन् २०२१ मा होटलहरुमा कुल लगानी १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ थियो । यो सन् २०२० को तुलनामा २८ प्रतिशतले…
बेलायतको नयाँ प्रधानमन्त्रीमा भारतीय मुलका ऋषि सुनक नियुक्त
आर्थिक परिवेशकाठमाडौँ । बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त हुनु भएको छ । मंगलबार बेलायतका राजा चार्ल्स तृतीयले सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चार्ल्स तृतीयले आमन्त्रण गर्नु भएको थियो । पूर्वमन्त्री पेनी मोर्डन्टले प्रधानमन्त्री पदमा प्रतिस्पर्धा नगरेपछि ४२ वर्षीय सुनक पहिलो पटक बेलायतमा अश्वेत र एशियाली मुलको व्यक्तिको रुपमा प्रधानमन्त्री हुनु भएको हो । प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिताका साथ काम गनेृ प्रतिवद्धता व्यक्त गर्नु भएको छ । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै राजीनामा दिएपछि सोही प्रतिस्पर्धामा रहनु भएका सुनकलाई बेलायतको प्रधानमन्त्री सम्हाले अवसर…