नेपालको पहाडी क्षेत्रको पानी हङकङ र मकाउ निर्यात शुरु
आर्थिक परिवेश२३ असार, काठमाडौं । निर्यातकाे संभावना रहेकाे नेपालकाे पहाडी क्षेत्रमा उत्पादित बोतलबन्द पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो । हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको हो । हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि एक सय रुपैया पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास उत्पादक कम्पनीले लिएको छ । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च…
विमानस्थल भन्सार कार्यालयद्वारा विदेशबाट मोबाइल ल्याउँदा नियमानुसार नै शुल्क लिएको स्पष्ट
आर्थिक परिवेश१७ असार, काठमाडौँ । कोरियाबाट आएका एक युवाले आफ्नो साथमा ल्याएको मोबाइलमा भन्सार शुल्क लिएको सन्दर्भ जोडेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि त्यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले स्पष्ट पार्दै नियमानुसार कर लिएको जानकारी गराएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले यसरी आउँदा नियमानुसार छुट सुविधा पाएर पनि बढी ल्याइएको मोबाइलमा मात्रै कर लाग्ने हुँदा ती युवाको हकमा पनि सोही गरिएको जानकारी दिनुभयो । कानुनले दिएको सुविधा प्राप्त गरेर पनि बढी मोबाइल ल्याइएको पाइएपछि कानुनले तोकेअनुसार नै कर लिएर पठाइएको पनि उहाँले बताउनुभयो । प्रवक्ता खनाले सरकारले तोकेअनुसार दुई वटा मोबाइल ल्याउनका लागि छुट रहेको र त्यसभन्दा बढी…
हामी जहाँ, जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेशअसार १७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताउनुभएको छ। आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।” सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपीलसमेत गर्नुभयो। हामी नेपाली र हाम्रो नेपालको पनि विश्वमा…
चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक धनाढय ज्याक मा काठमाण्डौंमा
आर्थिक परिवेश१२ असार, काठमाडौं । चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक धनाढय अर्बपती ज्याक मा काठमाण्डौं आउनु भएकाे छ । उहाँ सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमन विभागका अधिकारी खिमलाल भुसालले जानकारी दिनु भयाे । अर्बपती ज्याक मा चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुग्नु भएकाे हाे । ज्याक मा सवार निजी जहाज काठमाडौं अवतरण गरेको र उहाँ सँग एउटा टोली पनि नेपाल आएको छ । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ । विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको पूरा नाम ज्याक…
प्रधानमन्त्रीकाे उपस्थितिमा एनआरएनए संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच एकताका लागि सहमति
आर्थिक परिवेश०३ असार, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्ष र १० औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षबीच १८ जून २०२३ आइतबार एकताका लागि सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको हो । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष आर के शर्मा र संस्थापन पक्षसँग असन्तुष्ट भएको समूहतर्फका विनोद कुँवर तथा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजकहरु डीबी क्षेत्री र जानकी गुरुङबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । यो सँगै आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने भएको हाे । यसको लागि दुवै पक्षका…