वैदेशिक रोजगारीकाे श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने आगामी वैशाख १ गतेदेखि
आर्थिक परिवेश

१७ चैत्र काठमाडाैं ।  सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ । अहिले नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट भइरहेको छ । सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उद्देश्यअनुरूप स्थानीय तहबाट नै सेवा प्रवाह हुनु फलदायी हुने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीस्तरबाट बुधबार उक्त निर्णय गर्नुभएको हो । स्थानीय तहबाटै वैदेशिक रोजगारीसम्बन्धी सूचना सरोकारवालामा पुर्‍याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य आगामी वैशाख १ गतेदेखि स्थानीय…

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुरू
वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए

८ चैत्र,काठमाडाैं । नेपाल सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको कार्यान्वन शुरू गरेकाे  छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधवार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्यकाे प्रारम्भ गर्नु भयाे  । योजनाको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री दाहालले रोजगारी कै लागि बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने कुरा नै अबको जिम्मेवारी भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा कोषले शुरु गरेको दूरगामी महत्त्वको कार्यक्रममा जोडिन र सुरक्षित महसुस गर्न आग्रह गर्नुभयो । उहाँले आगामी वैशाखबाट शुरु हुने सबै अनौपचारिक…

अष्ट्रेलियामा नेपाल फेस्टिभल मार्फत नेपाल प्रर्वद्धनको पहल – ४ एडिलेट साउथ अष्ट्रेलिया
आर्थिक परिवेश

सिडनी, अष्ट्रेलिया  ।  एनआरएनए साउथ अस्ट्रेलिया एडिलेट राज्य परिषदले आयोजना गरेको चौँथो नेपाल फेस्टिबल ऐडिलेड २०२३ भव्य रुपमा सम्पन्न भएको छ । १८ मार्च शनिवार ऐडेलेड सिटी एल्डर पार्क नजिकै पार्कबाट सुरु भएको रयालिमा एडिलेट र अष्ट्रेलियाका विभिन्न राज्यहरूबाट भएको सहभागीताले सिगों नेपाल झल्किएको अनुभव दिएको थियो । प्रभातफेरी सहित सुरु भएको महोत्सव कार्यक्रम स्थल एल्डर पार्कमा आई औपचारिक कार्यक्रममा परिणत भएको थियो । मध्यान्हबाट सुरु भएको सागिंतिक कार्यक्रम  सहित शुरू भएकाे महाेत्सव अन्तर्गत दिउँसो ३ बजेबाट औपचारिक कार्यक्रम सुरु भएको थियो । महोत्सवमा अस्ट्रेलियामा रहेका सत्ता पक्ष र विपक्षी दलका नेताहरु, एनआरएनएका अभियान्ताहरु, साउथ अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, अभिभावक…

आप्रवासी नेपाली श्रमिकको हकहित संरक्षणका लागि सम्बन्धित देशको सरकारले विशेष ध्यान दिनुपर्छ : नेपाल
आर्थिक परिवेश

३ फागुन,काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपाली श्रमिकको हकहित संरक्षणका लागि सम्बन्धित देशको सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भएको सरकार प्रमुखहरूको ‘वल्र्ड गभरमेन्ट समिट’मा नेपालका तर्फबाट सम्बोधन गर्दै उहाँले नेपाली श्रमिकहरूले विभिन्न बहानामा समस्या भोगिरहेकाले उनीहरूको सुरक्षा र संरक्षणमा सम्बन्धित देशका प्रमुखहरूले ध्यान दिनुपर्ने बताउनु भएको हो । चार दिनसम्म सञ्चालन भएको सम्मेलनमा सचिव अर्यालले नेपालको नेतृत्व गर्नुभएको श्रम मन्त्रालयले जनाएको छ । मध्य एसियाली देशहरूमा केन्द्रित रहेर श्रम बजारको अवस्था तथा श्रमिकका हकहितका सम्बन्धमा समूहगत रूपमा भएको छलफल कार्यक्रममा सचिव अर्यालले दिगो विकास, सेवा प्रवाहमा…

नेपाल सरकारले टर्कीका भूकम्प पीडितलाई २२ टनभन्दा धेरै राहत सामग्री पठायाे
आर्थिक परिवेश

१ फागुन, काठमाडाै । टर्की र सिरियामा ६ फेब्रुअरीमा गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुलाई नेपाल सरकारले २२ टनभन्दा धेरै राहत सामग्री पठाएको छ। परराष्ट्र मन्त्रालयले सोमबार एक वक्तव्य निकालेर २२ टनभन्दा धेरै राहतको पहिलो खेप जहाजबाट पठाइएको जानकारी दिएको छ। ती राहत सामग्रीहरु सोमबार दिउँसो टर्किस एयरलाइन्सको जहाजबाट भूकम्प प्रभावितहरुका लागि पठाइएको हो। मन्त्रालयका अनुसार राहत सामग्रीमा औषधि, स्वास्थ्य उपकरण, न्याना कपडासहित अत्यावश्यकीय सामग्री छन्। टर्कीमा अहिले कडा जाडो रहेकाले भूकम्प प्रभावितलाई न्यानो कपडा पठाइएको हो। शक्त्तिशाली भूकम्पमा परेर टर्की र सिरियामा अहिलेसम्म करिब ३५ हजार मानिसको ज्यान गइसकेको छ। त्यस्तै ९० हजारभन्दा धेरै घाइते भएका छन्। टर्की र सिरियामा…