
६वर्षमा नेपालको होटल क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०२ प्रतिशत
आर्थिक परिवेशकाठमाण्डौ । विगत छ वर्षमा नेपालका होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०१.७१ प्रतिशतले बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने घोषणा गरेसँगै होटलहरुमा स्वदेशी र विदेशी दुबै लगानी बढेको हो । बैंक तथा वित्तीय संस्थाको लगानी यस अवधिमा मात्रै बढेर एक खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले बढी हो । त्यसैगरी सन् २०२१ मा होटलहरुमा कुल लगानी १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ थियो । यो सन् २०२० को तुलनामा २८ प्रतिशतले…

बेलायतको नयाँ प्रधानमन्त्रीमा भारतीय मुलका ऋषि सुनक नियुक्त
आर्थिक परिवेशकाठमाडौँ । बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त हुनु भएको छ । मंगलबार बेलायतका राजा चार्ल्स तृतीयले सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चार्ल्स तृतीयले आमन्त्रण गर्नु भएको थियो । पूर्वमन्त्री पेनी मोर्डन्टले प्रधानमन्त्री पदमा प्रतिस्पर्धा नगरेपछि ४२ वर्षीय सुनक पहिलो पटक बेलायतमा अश्वेत र एशियाली मुलको व्यक्तिको रुपमा प्रधानमन्त्री हुनु भएको हो । प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिताका साथ काम गनेृ प्रतिवद्धता व्यक्त गर्नु भएको छ । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै राजीनामा दिएपछि सोही प्रतिस्पर्धामा रहनु भएका सुनकलाई बेलायतको प्रधानमन्त्री सम्हाले अवसर…

मेमोरी किङ्ग अर्पण शर्माले कायम गरे नयाँ विश्व कीर्तिमान
आर्थिक परिवेशकाठमाण्डौ । मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको “वर्ल्ड बुक अफ रेकर्ड्स“ को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् । पूर्व प्रधानमंत्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन । शर्माले यस अघी सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । “यो विश्व…

विश्व व्यापार संगठनको डब्लुटिओ चेयर्स प्रोग्राम नेपालमा शुभारम्भ
आर्थिक परिवेशकाठमाण्डौ । विश्व व्यापार संगठनको डब्लुटिओ चेयर्स प्रोग्राम नेपाल सोमवारदेखि नेपालमा शुभारम्भ भएको छ । विश्व व्यापार संगठन (डब्लुटिओ) को डब्लुटिओ चेयर्स प्रोग्राम नेपालमा कार्यान्वयनका लागि छनौटमा परेको काठमाण्डौ विश्व विद्यालय व्यवस्थापन संकाय (कुसोम) ले सो कार्यक्रमको कार्यान्वयन शुरु गरेको हो । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले पानसमा दीप प्रज्वलन गरी ललितपुरमा कार्यक्रमको शुभारम्भ गर्नु भयो । विश्व व्यापार संगठनले तेस्रो चरणको डब्लुटिओ चेयर्स प्रोग्राम कार्यान्वयनका लागि विश्वका १२० विश्व विद्यालयहरुबाट आवेदन माग गरेकोमा प्राप्त भएको आवेदनबाट १७ वटा विश्व विद्यालयहरु छनौट भएका थिए । त्यस मध्येमा नेपालको तर्फबाट काठमाण्डौ विश्व विद्यालय व्यवस्थापन संकाय (कुसोम) छनौट भएको हो ।…

डलरको तुलनामा नेपाली रुपैया निरन्तर घट्दो, मुल्यवृद्धिको चाप पर्न सक्ने
आर्थिक परिवेशकाठमाडौं । नेपाली रुपैया विगत केही दिन देखि डलरको तुलनामा निरन्तर कमजोर हुँदै गएको छ । नेपाली रुपैया कमजोर हुदै जाँदा नेपालमा मुल्यवृद्धिको चाप पर्नुका साथै आर्थिक कृयाकलापमा पनि प्रत्यक्ष प्रभाव पर्ने हुन्छ । पछिल्लो केही दिन यता डलरको मूल्यले एक पछि अर्को गर्दै नयाँ नयाँ रेकर्ड कायम गर्दा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको हो । गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता हरेक दिन जसो बढेर नयाँ रेकर्ड बनाउँदै गएको छ…