अष्ट्रेलियामा नेपालीहरु उद्यमी बन्दै रियलस्टेटमा प्रभाव बढाउदै मल्टी डाइनामिक
आर्थिक परिवेश१ असार, काठमाडाै । अध्ययन र रोजगारीका लागि अष्ट्रेलियामा गएका नेपालीहरु पछिल्लो समय विभिन्न उद्यममार्फत स्थापित हँदै गएका छन् । अष्ट्रेलिया नेपालीहरुको लागि शिक्षा आर्जन,अवसरको श्रृजना तथा उद्यम र व्यवसाय गरी स्थापित हुुने उपयुक्त थलोको रुपमा विकास हँदै गएको छ । अध्ययन, रोजगारी तथा बसोबासको हिसावले नेपालीहरु अष्ट्रेलियाका सातवटै राज्यहरुमा छरिएर रहेका छन भने मुख्यरुपमा न्यु साउथवेल्स, क्वीन्सल्याण्ड र भिक्टोरीयामा नेपालीहरुको वाक्लो र प्रभावकारी उपस्थिति हुँदै गएको छ । यस क्रममा नेपालीहरुले शिक्षा,सूचना र प्रविधि,अडिट सेवा, शैक्षिक परामर्श र हाउजिड.लगायतका क्षेत्रमा राम्रो काम गरेर अष्ट्रेलियाको अर्थतन्त्रमा राम्रो योगदान पु¥याउन थालेका थालेका छन् । अष्ट्रेलियामा छोटो समयमा स्थापित भएको र नेपाली…
८ औं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन, ओमानमा
आर्थिक परिवेश३२ जेठ,काठमाडाै । अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित यही जुन २८ देखि ३० तारिखसम्म गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय परिषद्को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना हुने भएकाे छ । गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद् ओमानको आयोजना अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन नीति तथा कार्यान्वयन लगायतका विषयमा छलफल हुनेछ । मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका…
११ महिनामा वैदेशिक रोजगारीमा गएका एक हजार भन्दा बढिले मृत्यु
आर्थिक परिवेश२८ जेठ, काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढिले मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको ११ महिनामा सातै प्रदेशका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक हजार ६३ जना श्रमिकको मृत्यु भएको हो । चालू आवमा मधेश प्रदेश र कोशी प्रदेशबाट मात्रै ४ सय ९४ जनाको मृत्यु भएको छ जसमध्ये १६ जना महिला श्रमिक रहेका छन् । त्यस्तै, लुम्बिनी प्रदेशबाट २ सय ३५, गण्डकी प्रदेशबाट एक सय ३९ श्रमिकले ज्यान गुमाएका छन् भने बाग्मती प्रदेशका एक सय २५, कर्णाली प्रदेश ५० र सुदूरपश्चिम प्रदेशबाट २० जना श्रमिकले ज्यान गुमाएका…
गौतमबुद्ध विमानस्थलमा इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम सञ्चालन सहमती
आर्थिक परिवेश१८ जेठ, काठमाडौ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको कार्यालय हैदराबाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुलेको जानकारी दिनुभएको हो । “भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्ण क्षमतामा हवाई उडान हुनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताउनुभयो । प्रधानमन्त्री दाहालले…
नेपाल र भारतका प्रधानमन्त्रीले कार्गो रेल्वे सेवाको उद्घाटन
आर्थिक परिवेश१८ जेठ, नयाँदिल्ली, भारत । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको बिहिवार संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतीय समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन् । विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुग्ने सो मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ । लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको…