नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाइने
आर्थिक परिवेश२४ बैशाख काठमाडौँ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने निर्णय गरेको छ । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताउनुभयो । भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली…
आजदेखि नेपालीहरूकाे विक्रम सम्वत २०८२ सुरु, नयाँ वर्ष मनाइँदै
आर्थिक परिवेश०१ बैशाख, काठमाडौँ । आजदेखि नेपाल र नेपालीहरू बीच नयाँ बर्ष विक्रम संवत् २०८२ शुभारम्भ भएकाे छ । नेपालीहरूले वैशाख १ गते अर्थात नयाँ वर्षको पहिलो दिन देशभर र विदेशमा समेत एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउनुहुन्छ । “विक्रम ६० संवत्सर मध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो । सूर्यको गति…
अष्ट्रेलियाको क्वीन्सल्याण्डमा नेपाल फेष्टिभल २०२५ सम्पन्न प्रिमियर सहित नेपाली समुदायकाे उत्साहजनक सहभागिता
आर्थिक परिवेशब्रिसबेन, अष्ट्रेलिया । नेपाली समुदायकाे बाक्लाे बसोबास रहेकाे अष्ट्रेलियाको तेश्रो ठूलो राज्य क्वीन्सल्याण्डमा नेपाल फेष्टिभल २०२५ सम्पन्न भएको छ । एनआरएन अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितिको आयोजनामा भएको नेपाल फेष्टिभलमा यस पटक राज्यका प्रिमियर अर्थात मुख्य मन्त्रिले नै सहभागी भएर महाेत्सवकाे गरिमा बढाउनु भएकाे छ । प्रिमियर डेभिड क्रिसाफोली प्रमुख अतिथिको रुपमा नेपाल फेष्टिभलको औपचारिक कार्यक्रममा सहभागी हुनु भएकाे थियाे । महाेत्सवकाे अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवसँगै पानसमा दियो बालेर उद्घाटन गरिएको नेपाल फेष्टिभलमा प्रिमियर डेभिड क्रिसाफोलीले क्वीन्सल्याण्डको नेपाली समूदाय बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनीहरुले राज्यको उत्थानमा गरेको योगदानको कदर गर्दै धन्यवाद समेत दिनु भयाे । समाराेहलाइ सम्बाेधन गर्दै …
१६ औ युरोप क्षेत्रीय सम्मेलन : गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न उद्योग मन्त्रीकाे आग्रह
आर्थिक परिवेश१७ चैत्र, काठमाडौ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले नेपालमा लगानीको वातावरण बनाएकोले लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ युरोपेली मुलुक माल्टामा जारि गैर आवसीय नेपालीहरुको १६ औ युरोप क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उद्योगमन्त्री भण्डारीले नेपालमा लगानीको लागि रहेका प्रणालीगत समस्यालाई सुधार्न सरकारले अध्यादेश मार्फत कानुन ल्याएको बताउनु भयो । अब कुनैपनि लगानी सम्बन्धी फाइल अनुसारको काम गर्नलाई ७ दिन भन्दा धेरै लगाउन पाइदैन । काम नहुने रहेछ भनेपनि के कारणले भएन भनेर उपयुक्त जबाफ दिन पर्छ भन्नु भयो । अद्योगमन्त्री भण्डारीले अब विदेशमै बसेर अनलाइनबाट नेपालमा उद्योग दर्ता गर्न सकिने बताउनुभयो । कार्यक्रममा…
दक्षिण एसियाली मुलुकका किसानहरू काठमाडाैंमा जुटे
आर्थिक परिवेश०७ चैत्र, काठमाडौँ । दक्षिण एसियाली मुलुकका किसानहरूकाे सम्मेलन काठमाडाैमा बिहिवारबाट शुरू भएकाे छ । दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान सङ्गठनका प्रतिनिधहरूकाे सहभागितामा शुरू भएकाे दुइ दिने सम्मेलनकाे बिहिवार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य भएको बताउनु भयाे । प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा संलग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गर्न सक्ने अवस्था निर्माण हुन नसकेको बताउनु भयो । उहाँले युवालाई विदेश पलायन हुन रोकेर साना तथा घरेलु उद्योगमार्फत आधुनिक कृषिको विकासबाट मुलुकलाई आत्मनिर्भर बनाउनु पर्छ भन्नुभयो । दुई दिने सम्मेलनमा दक्षिण एसियाली किसानका …