संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष जस्ता अभियन्ताहरूले सहमति र एकताका लागि सहकार्य गर्न आह्वान
आर्थिक परिवेश२९ फागुन,काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिनु भएकाे छ । संघमा अहिले देखिएको असहज अवस्थाबाट निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गर्दै उहाँहरुले सबै पक्षबाट हदैसम्मको लचकता अपनाई अघि बढ्न सुझाएका हुन् । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आउँदो मे महिनामा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपनि महाधिवेशनको प्राविधिक तयारीका लागि समय लाग्ने भन्दै अक्टोबरमा गर्नुपर्ने सुझाव अभियन्ता तथा संस्थापकहरूले दिनुभएको हो । राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाईमा मात्रै सम्पन्न हुने र सो सम्पन्न नभई महाधिवेशन सम्भव नहुने तर्क अभियन्ताहरुको…
दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु
आर्थिक परिवेश०४ फागुन , नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अत्यधिक भीडका बीच भागदौड मच्चिन पुगेको छ, जसका कारण १८ जनाको मृत्यु भएको छ। घटनामा अन्य १० जना घाइते भएका छन्। लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले हिजो साँझ पुष्टि गर्दै भनेका छन्, “हजारौं मानिसहरूको भिड लागेपछि भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ।” रोयटर्सका अनुसार, मृत्यु हुनेमा १० जना महिला र ३ बालबालिका रहेका छन्। घटनाको मुख्य कारण भारतको प्रयागराजमा जारी कुम्भ मेलामा जाने र आउने यात्रुहरूको अत्यधिक भीड रहेको थियो। अत्यधिक यात्रुहरूको कारण स्टेशनमा तनावको स्थिति सिर्जना भएको थियो, जसका कारण भागदौड मच्चिएको हो।…
प्रदर्शनकारीले गरे गाडीमा आगजनी नेपाली सेनाका उपरथी ढकाल घाइते
आर्थिक परिवेश०३ फागुन काठमाडौँ । युनिफिल लेबनानमा रहेका नेपाली शान्ति सेनामाथि आक्रमण भएको छ । लेबनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनुभएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पुर्याइएको थियो । अस्पतालले उहाँको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा हुनुहुन्थ्यो । घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।…
गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय युवा सम्मेलन आयाेजना गर्ने
आर्थिक परिवेश२९ पुष काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन अायाेजना गर्ने भएको छ । एनआरएनएले आइतवार काठमाडाैृमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयअनुसार थाइल्याण्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो । एनआरएनएका अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताउनुभयो । यसैगरी एनआरएनएले आगामी चैत ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ । यसपटक सङ्घले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ । सम्मेलनले…
तिब्बतकाे दिङ्गेलाई केन्द्रबिन्दु बनाइ शक्तिशाली भूकम्प प्रभाव नेपालमा समेत
आर्थिक परिवेश२३ पुष, काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर गएकाे सात रेक्टर स्केलको भूकम्पकाे प्रभाव नेपालमा पनि परेकाे छ । बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय…