
भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग
आर्थिक परिवेश१९ जेठ, काठमाडौँ । ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालका संयोजक भीमबहादुर तावा लिम्बूले आगामी वार्तामा माग सम्बोधन नभएमा सडक आन्दोलन र न्यायालयको ढोका ढकढक्याउन बाध्य हुने चेतावनी दिए । समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले विगतका छवटा वार्तामा कुनमा के भयो र अब कसरी सकारात्मक नतिजा हासिल गर्न सकिन्छ भन्नेमा सरकारबाट आवश्यक वातावरण र पर्याप्त पूर्वतयारीको खाँचो औँल्याए । ब्रिटिस भूपू गोर्खा सैनिकका मागलाई सम्बोधन गर्न बेलायत सरकारसँग आवश्यक परामर्श गर्न प्रतिनिधिसभा…

जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भीरतापूर्वक लिन राष्ट्रपतिकाे आग्रह
आर्थिक परिवेश०८ जेठ , काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार गर्नुभएको शिष्टाचार भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । “हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गाँसिएको छ, त्यही भएर जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दामा विमस्टेक गम्भीर बनोस् भन्ने मेरो आग्रह छ”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँले विमस्टेकमा हाल रहेको पर्वतीय अर्थतन्त्रको क्षेत्रसँगै त्यसमा पर्वतीय वातावरण जोडेर काम गर्न पनि सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले बङ्गालको खाडी…

नेपाल र बेलायतबीच मैत्री सन्धी हस्ताक्षर भएको सय बर्ष बेलायती प्रधानमन्त्रीकाे नेपाली समुदायसंग भेट
आर्थिक परिवेश०८ जेठ,काठमाडाैं । नेपाल र संयु्क्त अधिराज्य(बेलायत)बीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ्ग स्ट्रिटमा मंगलवार एक विशेष समारोहको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री ऋषि सुनाकलेनेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको बिभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गर्नुभयो । बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमणको स्मरण गर्दैउहाँले बिभिन्न क्षेत्रमा ख्यातिप्राप्तबेलायतमा रहेकानेपाली डायस्पोराको काम र उपलब्धिबाट आफु प्रेरित भएको बताउनुभयो। आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बताउनुभयो। बेलायतका लागि नेपाली राजदूत…

नेपाल बेलायत कुटनीतिक सम्बन्धकाे सय बर्ष : प्रधानमन्त्री सुनकले नेपाली समुदायलाई सम्बाेधन गर्ने
आर्थिक परिवेश०६ जेठ, लन्डन । बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङ स्ट्रिटमा बेलायतमा बसाेबास गर्ने नेपाली समुदायलाई सम्बोधन गर्नु हुने भएकाे छ । नेपाल बेलायत शान्ति तथा मैत्री सन्धि भएको १०० वर्ष मनाउने क्रममा टेन डाउनिङ स्ट्रिट प्रधानमन्त्री कार्यालयमा विशेष कार्यक्रम गर्न लागिएको हो । बेलायती प्रधानमन्त्रीले नेपालीलाई व्यक्तिगत रुपमा वा सानो समूहसंग भेटघाट गर्ने गरेपनि समुदायलाई नै सम्बोधन गर्न लागेको यो पहिलो भएकाेले ऐतिहासिक मानिएको छ । यही जेठ ०७ गते अर्थात मे २० तारिखका दिन सोमबार साँझ ५ बजे प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकले सम्बोधन नेपाली समुदायलाइ सम्बाेधन गर्ने कार्यक्रम बेलायतसि्थत नेपाली दुतावासले जनाएकाे छ । बेलायत…

उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनले आर्थिक सम्भावनाहरूमा सुधार : संयुक्त राष्ट्रसङ्घ
आर्थिक परिवेश०५ जेठ,संयुक्त राष्ट्रसङ्घ, न्युयाेर्क । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरूमा सुधार भएकाे संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेकाे छ । सन् २०२४ जनवरीको विश्व आर्थिक अवस्था र सम्भावनाहरूको प्रतिवेदनको मध्यावधिको अद्यावधिक समीक्षा अनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव सात प्रतिशत र सन् २०२५ मा दुई दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । जनवरीको प्रतिवेदनमा सन् २०२४ का लागि दुई दशमलव चार प्रतिशत र सन् २०२५ का लागि दुई दशमलव सात प्रतिशत वैश्विक आर्थिक वृद्धि दरको भविष्यवाणी गरिएको थियो । पछिल्लो संशोधनले मुख्यरूपमा अमेरिका र विशेषगरी ब्राजिल, भारत र रुसजस्ता उदीयमान अर्थतन्त्रहरूमा…