विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह
आर्थिक परिवेश

०४ असार,काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ । काठमाडौँमा मंगलवारदेखि सुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) काे  अाैं २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गर्नुभएको हो । “स्रोत, प्रविधि र लगानीको न्यायसंगत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ, विद्यमान असमानताहरू सम्बोधन गर्नुपर्छ, अनिमात्र समावेशी आर्थिक अवस्थाको प्रवर्द्धन गर्न सकिन्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ती राष्ट्रहरूलाई  माथि उठाउने मात्र नभइ…

विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को तेस्रो बैठक मंगलवारबाट हुने
आर्थिक परिवेश

०३ असार,काठमाडौँ ।  विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक भाेलिदेखि  काठमाडाैमा शुरू हुनु भएकाे छ । बैठकमा सहभािग हुन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग सोमवार शिष्टाचार भेट गर्नु भएको छ । ट्रोटसनबर्ग मङ्गलवारदेखि काठमाडौँमा सुरु भई ४ दिनसम्म चल्ने विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आउनु भएको हो । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र  मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी हुनुहुन्थ्यो । भेटमा अर्थमन्त्री पुनले आइडीए–२१ बैठकको आयोजना नेपालमा गर्न पाउँदा खुसी लागेको बताउनु…

समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
आर्थिक परिवेश

०३ असार काठमाडौँ ।  आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको हो । यस खेलसँगै विश्वपकमा समूह डि को समीकरण पूरा भएको छ । समूह डि बाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको दोस्रो चरणमा प्रवेश गरेका छन् । आठ अङ्क बटुलेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो भने छ अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो । यस समूहबाट नेपाल, नेदरल्यान्डस र श्रीलङ्का समूह चरणबाटै बाहिरिएका छन् । विश्वकपको यात्रा…

विश्व बैंकले  परिर्वतन गरयाे नेपाल निर्देशक डेभिड सिस्लेन नियुक्त, जर्भोसको बिदाइ
आर्थिक परिवेश

०३ असार, काठमाडाै‌  ।    विश्व बैंकले   नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ। डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्न अाउनु भएकाे हाे । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट सहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्छ। उहाँ सँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ। नवनियुक्त निर्देशक डेभिडले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालित कार्यक्रमको संयोजन गर्नु हुनेछ।…

विश्वका लगानीकर्तालाई नेपालमा लगानीका लागि अध्यक्ष ढकालकाे आग्रह
आर्थिक परिवेश

३० जेठ, काठमाडाै‌ ।    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले यसबाट लाभ लिन आग्रह गर्नुभयो । नेपालका रोजगारदाता श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । सम्बोधनका क्रममा उहाँले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो…