दशैंले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त हाम्राे समाजलाई एउटै सूत्रमा बाँध्ने काम गर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

 ०४ कार्तिक, काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताउनुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले यस पर्वले वर्षौंसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसरसमेत दिने उल्लेख गर्नुभयो । उहाँले यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै…

नेपालीहरूकाे महान पर्व दशै स्वदेश तथा विदेशमा धुमधामसंग मनाइदै
आर्थिक परिवेश

०३ कार्तिक, काठमाडौँ ।  नेपालीहरूकाे महमान पर्व विजया दशमी  स्वदेश तथा विदेशमा  रहेका  नेपाली समूदायले विभिन्न देवीहरूकाे पुजा अर्चना गरी  मनाइदै छ  । त्सस अर्न्तगत अाज महानवमी  पर्व  मनाइदै  छ  ।  विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते (आज )मङ्गलबार बिहान  ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आज आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा,…

नेपाल टेलिकमले ४ हजार ९९९ मै ३० एमबिपिएसकाे इन्टरनेट सेवा उपलब्ध गराउने
आर्थिक परिवेश

३० असोज, काठमाण्डौ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि ४ हजार ९९९ मै ३० एमबिपिएस क्षमताको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सुलभ दरको साना इन्टरनेट प्याकेज बन्दको घोषणा गरे पनि नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज कार्यान्वयनमा ल्याएको हो । टेलिकमका अनुसार सो प्याकेजको वार्षिक शुल्क चार हजार ९९९ तोकिएको छ । टेलिकमले ‘फाइबर टु द होम’अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकका लागि वाइफाई ६ मा नायँ प्याकेज उपलब्ध गराउने भएको छ । जसअनुसार वार्षिक इन्टरनेट र टेलिफोन प्याकेज जडान गर्दा १०० एमबिपिएसको ११ हजार ४९९ र १५० एमबिपिएसको १२ हजार ९९९ शुल्क…

उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युत विहीन
आर्थिक परिवेश

२६ असोज, काठमाण्डौ ।   उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन् । सिर्दिबास उहिया लघु जलविद्युत् आयोजना बूढीगण्डकी बाढीले क्षति पुरयाएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन् । आइतबार मध्यरातिदेखि आएको बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताउनुभयो । चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास र जगत्मा विद्युत् अवरुद्ध भएको हो । जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उहाँले जानकारी दिनुभयो । “बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर…

प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल PEVC क्षेत्रसम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक
आर्थिक परिवेश

२६ असोज, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल PEVC क्षेत्रसम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता प्रवद्र्धन तथा पूँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पूँजीको उपलब्धता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्रसम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो । नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, अर्थ मन्त्रालयको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ तथा बोर्डको पूँजी बजार नीति कार्यान्वयनको क्रममा सार्वजनिक परामर्शका माध्यमबाट सम्बन्धित सरोकारवालाको राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न बोर्डले यो अध्ययन सार्वजनिक गरेको छ…