
महिला सहभागितालाई प्राथमिकतामा राखेर समतामूलक समाज निर्माणतर्फ देश अग्रसर : प्रधानमन्त्री
आर्थिक परिवेश११ चैत्र, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले समानुपातिक विकासका लागि समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताउनुभएको छ । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उहाँले उल्लेख गर्नुभयो । नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राखेर समतामूलक समाज निर्माणतर्फ देश अग्रसर रहेको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सकिन्छ । महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ”, प्रधानमन्त्री…

नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुग्याे
आर्थिक परिवेश१० चैत्र, काठमाडाैं । तथ्याङ्क विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । विभागको तथ्यांकअनुसार महिलाको सङ्ख्या १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको सङ्ख्या १ करोड ४२ लाख ५३ हजार ५५१ पुगेको छ । महिलाको भन्दा पुरुषको सङ्ख्या करिब ७ लाख कम रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा धेरै र मनाङ जिल्लामा सबैभन्दा कम जनसङ्ख्या छ । काठमाडौँमा २० लाख ४१ हजार ५ सय ८७ र मनाङमा पाँच हजार ६ सय ८५ जनसङ्ख्या रहेको…

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुरू
वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए८ चैत्र,काठमाडाैं । नेपाल सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको कार्यान्वन शुरू गरेकाे छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधवार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्यकाे प्रारम्भ गर्नु भयाे । योजनाको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री दाहालले रोजगारी कै लागि बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने कुरा नै अबको जिम्मेवारी भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा कोषले शुरु गरेको दूरगामी महत्त्वको कार्यक्रममा जोडिन र सुरक्षित महसुस गर्न आग्रह गर्नुभयो । उहाँले आगामी वैशाखबाट शुरु हुने सबै अनौपचारिक…

८ महिनामा बजेट एक खर्ब ५६ अर्ब ४४ करोड घाटामा
आर्थिक परिवेशचैत्र १,काठमाण्डौं । चालु आर्थिक वर्षको आठ महिना सकिदासम्म सरकारको पूँजीगत खर्च विकास खर्च २२ दशमलव १५ प्रतिशत मात्र भएको छ । यस अवधिमा सरकारको चालु खर्च ५१ दशमलव ४६, र वित्तीय व्यवस्थातर्फको खर्च ३७ दशमलव ४१ प्रतिशत भएको छ । यस अवधीमा सरकारको बजेट घाटा एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको राजस्व सङ्कलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च…

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित हुँदै गएको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश३० फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आयाेजित नेपाल–चाइना विजनेस फोरम–२०२३ लाई सम्बोधन गर्नुहुँदै उहाँले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभयो । प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो । उहाँले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना गर्ने स्पष्ट पार्नुभयो…