उत्पादनशिल उद्योग, व्यवसायमा सरकारको जोड मन्त्री बडू
आर्थिक परिवेश

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उत्पादनशील तथा रोजगारमुखी व्यवसायको विकासलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । नेपाल इँटा उद्योग महासङ्घको १४औँ वार्षिक साधरणसभाको आज धनगढीमा उद्घाटन गर्दै मन्त्री बडूले सरकार इँटा उद्योगी व्यवसायीको समस्या समाधानका लागि गम्भीर रहेको बताउनुभयो । निर्यातमुखी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति रहेको उल्लेख गर्दै उहाँले उत्पादनशिल उद्योग व्यवसायमा जोड दिनुपर्ने बताउनुभयो । मन्त्री बडूले विकास निर्माणमा इँटा व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको छ, व्यवसायीलाई सहुलियत दरमा बैङ्किङ कर्जा प्रवाह व्यवस्था गर्न सरकार लागि परेको बताउनुभयो । समारोहमा पूर्व मन्त्री तथा सांसद नारदमुनी राना, प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल, उद्योग, पर्यटन,…

सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने
आर्थिक परिवेश

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष  पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो भने सिबिफिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो । दुई संस्थाले बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गर्ने भएका हुन् । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन…

प्रत्येक स्थानीय तहमा भण्डारण, यान्त्रिकरण, उपजको सहज खपत व्यवस्थापन अत्यावश्यक प्रतिवेदन
आर्थिक परिवेश

काठमाडौं । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले प्रतिवेदन सार्वजनिक गर्नु भयो । प्रतिवेदनले आगामी दिनमा सबै निकायहरुले नीतिगत र व्यवहारिक रुपमै कृषिलाई प्राथमिकता दिनुपर्ने, बजेटलाई प्राथमिकताको आधारमा एकद्वार प्रणालीबाट परिचालन गरिनुपर्ने र कृषि कर्जा तथा अनुदान जस्ता कार्यक्रमलाई वैज्ञानिक, सहज सरल, व्यावहारिक र परिणाममुखी बनाउन सरकारदेखि किसानसम्मको लक्ष्य एउटै हुनुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ । यसका साथै…

नेपालीहरु कोरोनाको कहर विर्सेर तीज मनाउदै, पशुपतिनाथ मन्दिरमा पूजा गर्न दर्शनार्थीको भिड
आर्थिक परिवेश

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ तथा देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीको बिहानै देखि  भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न दर्शनार्थीको बिहान तीन बजेदेखि  भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकुन् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा बसेसम्म खुला गरिने जनाइएको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड हो । बिहान मूल मन्दिर प्राङ्गणमा मात्र बर्तालु लाममा बसेका छन्…

१२ सय मेगावाटको बुढीगण्डकी आयोजना यसै वर्षमा अघि बढने मन्त्री भुसाल
आर्थिक परिवेश

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासले मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ । आफूले मन्त्रालय सम्हालेदेखि प्राप्त उपलब्धि मन्त्रालयमा सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले आफू आएदेखि ऊर्जा क्षेत्रको विकास, उत्पादन, विस्तारमा ध्यान दिएको बताउनुभयो । उहाँले गरिबीमुक्त मुलुक बनाउँदै समाजवाद तर्फ लैजान ऊर्जा क्षेत्रको विकासले महत्त्वपूर्ण सहयोग पुयाउने बताउनुभयो । मन्त्री भुसालले आफू आएपछि विद्युत् व्यापारको थालनी गरेको, बीस युनिटसम्मको विद्युत् महसुल निःशुल्क गरेको, विद्युत् महसुल घटाएको र वर्षा र हिउँदमा फरक फरक विद्युत् महसुल दर कायम गरेको जानकारी दिनुभयो ।  उहाँले लोड सेन्टरमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत…