शुक्रवार र शनिवार गरी ४ जनाकाे जिवितै उद्धार उद्धार कार्य जारी
आर्थिक परिवेश२० भदौ, काठमाडौं । भोटेकोशी नदीमा बाढी आएको १० औं र ११ औं दिनमा गरी जलविध्युत अायाेजनाको सुरुङ र बाढीले क्षति पुर्याएको घरबाट गरी हालसम्म चार जनाको जीवितै गरिएकाे छ । शनिबार अपर त्रिशुली १ बाट एक चिनियाँ नागरि र बेत्रावतीमा आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको उद्धार भएको हो । नुवाकोट बिदुर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन बिकको कमान्ड टोलीले उद्धार गरेको हो। १० औं दिनमा हिजो त्रिशुली ३ ए बाट दुई जनाको उद्धार भएको थियो । शुक्रबार त्रिशूली ३ ए बाट सञ्जय साह र कविर महर्जनको उद्धार भएको थियो । जल विद्धुत अायाेजनाका…
राहत कोषमा हाल सम्ममा ११ अर्ब पाँच करोड ५६ लाख २७ हजार जम्मा
आर्थिक परिवेश२० भदाै काठमाडौँ। रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रमिक रुपमा बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल सम्ममा ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारले यसअघि उक्त कोषमा जम्मा भएको एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । नौ वटा वाणिज्य बैङ्कमा आठ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैङ्कमा रहेको डलर खातामा थप १ कराेड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले…
बाढीमा ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव भेटियाे ३ खर्ब ८७ अर्बको क्षति
आर्थिक परिवेश१९ भदाै काठमाण्डाै । रसुवाकाे भोटेकोसी बाढीमा परी ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव फेला परेको छ। शुक्रबार मध्याह्नसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी र सोसँग सम्बन्धित विपद्को पछिल्लो वस्तुस्थितिबारे अद्यावधिक गरेको विवरणअनुसार बाढीमा परी निधन भएकाहरुमध्ये चितवनमा सबैभन्दा बढी ३ सय ५९ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म…
बुधबारसम्म बाढी प्रभावित ११ हजार ९९३ जनाको उद्धार
आर्थिक परिवेश१८ भदाै, काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ सुरक्षाकर्मी खोज तथा उद्धारमा…
हामीसँग विपत्तिसँग लड्नुको अर्को विकल्प छैन : प्रधानमन्त्री शाह
आर्थिक परिवेश१७ भदाै, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो । उहाँले मन भक्कानिँदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै नभएको बताउनुभयो । प्रधानमन्त्री शाहले भन्नुभयो, “सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका छौँ ।” आफ्ना सपनाहरू बुनिरहनुभएका नानीबाबुहरू, हाँसो–खुसीका साथ बसिरहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही भदौ १० गते रसुवाको…