खाद्य वस्तुहरूमा  मिसावट गर्ने ४४ जना व्यवसायीहरू विरुद्ध मुद्दा दायर
आर्थिक परिवेश

१६ भदाै, हेटौँडा,बागमती ।  उदयाेगी व्यवसायीहरूले मानव स्वास्थ्यमा प्रतिकूल असर र प्रभाव पर्ने गरी खाद्य वस्तुहरूमा  मिसावट र  म्याद गुज्रेको सामान बिक्री  गर्ने गरेकाे पाइएकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा खाद्य वस्तुहरूमा  मिसावट गर्ने ४४ जना व्यवसायीहरू  विरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको हो । अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल…

रैथाने बीउ र बाली हराए नेपालकाे कृषि प्रणालीमै समस्या आँउछ : पूर्व राष्ट्रपति डा‍ यादव
आर्थिक परिवेश

१५ भदौ, काठमाडौ ।   नेपालका प्रथम नेपालमा रैथाने बीउ र बाली हराउँदै जान थालेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । रैथाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा–४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको अवलोकन गर्नुहुँदै उहाँले त्यस्ता विषयले नेपालका राजनीतिकर्मीको मन दुख्नुपर्ने बताउनुभयो । पूवृ रैथाने बीउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकाले सरोकार भएका निकायको ध्यान यसतर्फ जानुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ थियो । चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषिकर्मका लागि त झन् समस्या हुन थालेको उहाँले सुनाउनुभयो । चुरे क्षेत्रको संरक्षण नगरी सडकलगायत काम गर्दा…

दल पनि स्थानीय उत्पादनकाे बजार प्रवर्द्धनमा
आर्थिक परिवेश

 ०९ भदाै, काठमाडौँ ।  स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउने ध्येयले दलहरूले पनि प्रर्वदनात्मक कार्यक्रम गर्न थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ । ‘आत्मनिर्भर नेपाल अभियान’ अन्तर्गत आयोजित प्रदर्शनीमा विभिन्न ३० प्रदर्शनी कक्ष छन् ।  यसमा कृषि सामग्री, खेतीबाली, स्वदेशी खाद्यान्न, प्राङ्गारिक मल, हस्तकलाका सामग्री, जडीबुटी तथा वनस्पति, अल्लो र गाँजाका कपडालगायत सामग्री छन् । सो अवसरमा रास्वपाका उद्योग विभाग प्रमुख एवं सांसद गणेश पराजुलीले उद्यमीले गरिरहेका प्रयासलाई प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउन प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ उत्पादन वृद्धि गरेर आत्मनिर्भर मात्र होइन…

सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना समय अघि सम्पन्न गर्नुस : मन्त्री खडका
आर्थिक परिवेश

 ०७भदाै, काठमाडौँ ।   ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई समय अगावै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आयोजनाको प्रगतिबारे आज मन्त्रालयमा भएको छलफलमा उहाँले राष्ट्रिय गौरवको आयोजनालाई समयभन्दा अगाडि सक्नेगरी काम गर्न निर्देशन दिनुभएको हो । “यो देशकै महत्वपूर्ण आयोजना हो । यसलाई तोकिएको समयअगावै सम्पन्न गरेर मुलुकले अधिकतम लाभ लिनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । मन्त्री खड्काले मुलुकको सिँचाई र जलविद्युत् माग पूरा गर्न वैदेशिक ऋण लिएर निर्माण गर्न लागिएको आयोजनालाई तीन चरणमा काम गरेर भएपनि समयमै सक्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोजना निर्माणको काम राज्य एक्लैले गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग…

ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई नेपाल सरकारकाे आग्रह
आर्थिक परिवेश

०६ भदाै, काठमाडौँ ।  सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गर्नुभएको हो । पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गर्नुभएको…