प्रसारण प्रणालीमा खुल्ला पहुँच हुने , के हाे खुल्ला पहुँच 
आर्थिक परिवेश

०५ असार, काठमाडाै ।   नेपालको विद्युत तथा उर्जा क्षेत्रको नियमनकारी निकाय विद्युत नियमन आयोगले नेपालको विद्युत प्रसारण प्रणालीमा खुल्ला पहुँचको व्यवस्था गर्ने भएको छ । नेपाल सरकार,ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रलायले जारी गरेको नीतिगत खाकाका आधारमा विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था गर्ने गराउने उद्देश्यका साथ् विद्युत नियमन आयोगले खुल्ला पहूँच निर्देशिका २०२५ को मस्यौदा तर्जुमा गरी सार्वजनिक गर्दै सुझाव माग गरेको छ । आयोगको यही २०८२ असार ४ गते बसेको बैठकले विद्युत नियमन आयोगको खुल्ला पहूँच निर्देशिका २०२५ को मस्यौदा स्वीकृत गरी मस्यौदा उपर सम्बन्धित निकाय, सरोकारवाला, तथा विज्ञको राय/सुझावका लागि सार्वजनिक गर्ने निर्णय गरेको हो । कुल ३१ दफा समावेश…

एमआरपिमा पुर्नविचार गर्न उद्योग मन्त्रीसंग चेम्बरकाे माग
आर्थिक परिवेश

०४ असार, काठमाण्डौ ।   नेपाल चेम्बर अफ कमर्सले खुद्रा विक्री मुल्य एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा चेम्बर पदाधिकारी तथा अन्य व्यवसायीक संघ संस्थाहरुका पदाधिकारीहरुको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उद्योगी र व्यापारीको व्यवहारिक समस्या समाधान गरेर मात्रै एमआरपी कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो । चेम्बरले मन्त्री मण्डारी समक्ष सरोकारवाला निकायसंग सर्वपक्षीय छलफल र सहमतीको आधारमा मात्रै एमआरपीलाई कार्यन्व्यनमा लैजानुपर्ने बताएको छ । व्यवसायिक र औद्योगिक वातावरण शिथिल रहेको बर्तमान अवस्थामा हाल विभागले अत्याधिक जरिवाना गरी अनुगमन गरेको कृयाकलापले व्यवसायिक वातावरण थप बिग्रन सक्ने चेम्बरका अध्यक्ष अग्रवालले बताउनुभयो…

नेपालबाट भारतीय लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु
आर्थिक परिवेश

 ०१ असार  काठमाडौँ।  नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएकाे थियाे । अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ देखि राति १२ बजेसम्म जम्मा…

सेजबाट १० महिनामा करिव २ अर्बकाे निर्यात
आर्थिक परिवेश

 ११ जेठ, काठमाडौँ । लामो समयको तयारी र विविध कठिनाइहरूका बीच नेपालका दुई विशेष आर्थिक क्षेत्र (सेज) भैरहवा र सिमरा सञ्चालनको चरणमा पुगेका छन् । हाल सञ्चालन निर्माणको प्रक्रियामा रहेका विशेष आर्थिक क्षेत्रहरूमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १७ वटा उद्योग सञ्चालन भएका छन् । हालसम्म ती दुवै विशेष आर्थिक क्षेत्रमा ६ अर्बभन्दा बढीको लगानी भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सेजबाट मात्रै करिब २ अर्ब बराबरको निर्यात भएको छ । देशमा रोजगारीका अवसरहरू सिर्जना गरी स्रोतको दिगो उपयोगमार्फत समानुपातिक रूपमा क्षेत्रीय विकास गर्न र निर्यातमुखी उद्योगहरूलाई आकर्षित गरेर मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउन सरकारले विशेष आर्थिक…

परियोजनाहरूको प्राथमिकीकरण गरी सूची अद्यावधिकसहित कार्यान्वयन गर्ने
आर्थिक परिवेश

   ३१ बैशाख,  काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण गरी सूची अद्यावधिकसहित कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको ६२औँ बैठकले २०८१ वैशाखमा सम्पन्न लगानी सम्मेलनका क्रममा लगानी गर्न एवं परियोजनाको सूची तयार गरी बोर्डसमक्ष पेस गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सार्वजनिक–निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन गरेको छ । बैठकबाट सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह वा मातहतका सार्वजनिक निकायले सार्वजनिक– निजी साझेदारी तथा निजी लगानीका परियोजनाको कार्यान्वयन गर्न–एकरूपता कायम हुनेगरी आवश्यक कार्यविधि तर्जुमा गरी पेस…