विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षरकाे तयारी भएको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

३० फागुन, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेको बताउनुभयो । “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।” जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै उहाँले संयुक्तराष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र युएईको दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट…

बजारलाई चलायमान बनाउन ३०/४० अर्ब रकम बजारमा पठाउन लागेका छाै : अर्थमन्त्री
आर्थिक परिवेश

२९ फागुन, काठमाडाै ।   नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसगँ मुलुकको अर्थतन्त्र सुधारका विविध विषयमा छलफल गरेकाे छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री पुनलाई बधाई तथा शुभकामना दिदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव प्रस्तुत गरेको छ । छलफलमा अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भागेको समस्याका विषयमा जानकारी गराउनुहुँदै निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भई त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भारतले अवलम्बन गरेको जीएसटी र नेपालले अवलम्बन गरेको एक दरको मूल्य अभिबृद्धि कर (भ्याट) का कारण अनधिकृत व्यापार बढाउन सहयोग…

निर्देशन कार्यान्वयन नगरेको भन्दै उद्योग तथा वाणिज्य समितिले सरकारसँग जवाफ माग्याे
आर्थिक परिवेश

२० फागुन, काठमाडौ ।   प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले प्रतिस्थापन विधेयकको कार्यान्वयन नगर्न सरकारलाई दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै सरकारसँग जवाफ माग गरेको छ । समितिले असार ६ गते प्रतिस्थापन विधेयकको स्पञ्ज र बिलेटको राजस्व दर हेरफेर गरेको विषय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो । समितिको आइतवारको बैठकले २०७९ असार ६ गतेको निर्णय के कति कारणले कार्यान्वयन नभएको सम्बन्धमा जवाफका लागि अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लेखि पठाउने निर्णय समितिका सभापति अब्दुल खानले बताउनुभयो । बैठकले स्पञ्ज आइरन र विलेटको भन्सार महशुल तथा अन्तशुल्क सम्बन्धमा समितिले थप अध्ययन गर्न र सम्बन्धित…

चेम्बर एक्स्पो २०२४ आयोजना हुने, तयारी अन्तीम चरणमा
आर्थिक परिवेश

२० फागुन, काठमाडौं ।   नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” यही फागुन २४ देखि २८ गते सम्म हुने भएकाे छ  । काठमाडौंको भृकुटीमण्डपमा स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो । एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । घर–जग्गा व्यवसाय, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहने छन् । कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित बस्तुहरुको बजार प्रर्वद्धन एवं साना व्यवसायीहरुको आर्थिक…

नेपालको ऊर्जा क्षेत्रमा थप लगानी बढाउने दातृ निकायका प्रतिनिधिहरूकाे प्रतिबद्धता
आर्थिक परिवेश

१८ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ बुटवलमा  निर्माण गरिएको सबस्टेसनको अनुगमन भ्रमणमा त्पहाँ पुगेको टोलीलाई प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन आग्रह गरेको हो । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैङ्क र एसियाली विकास बैङ्कलाई नेपालको विद्युत् उत्पादन, प्रसारण, वितरण, विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको हाे । नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धिको प्रशंसा गर्दै टोलीले थप…