डेडिकेटेड र ट्रङकलाइन विवाद : करिब सात अर्ब बराबरको बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन
आर्थिक परिवेश२१जेठ, काठमाडौं । लामो समयदेखि विवादको विषय रहेको डेडिकेटेड र ट्रङकलाइनसम्बन्धी महसुल विवाद समाधान गर्न सरकारले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । उर्जा मन्त्रालयले महशुल उठाउन प्राधिकरणलाई आइतवार निर्देशन दिएको हो । मन्त्रिपरिषद्ले २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । सोसम्बन्धी व्यहोराको पत्र ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई पठाइएको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नवीनराज सिंहले आवश्यक निर्णयका लागि पत्राचार भएको बताउनु भयो । लाल आयोगले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गत वैशाख २३ गते अध्ययन प्रतिवेदन बुझाएको थियो । महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ ले पनि विद्युतको बक्यौता असुल गर्न सरकारलाई…
हाल ४ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको छ : प्राधिकरण
आर्थिक परिवेश१८ जेठ,काठमाडौं । वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा बिक्री सुरु गरेको छ । खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन बृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको…
बजेट कार्यान्वयन हुने हो भने देश साँच्चिकै रूपान्तरणको बाटोमा लाग्नेछ : क्यान महासंघ
आर्थिक परिवेश१७ जेठ, काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मंगलवार सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ । बजेटमा पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै यसले नयाँ आशा देखाएको महासंघले जनाएको छ । क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बजेटले आईटी क्षेत्रका धेरै आवश्यकतालाई समेटेको भन्दै खुसी व्यक्त गर्नु भयाे । ‘हामीले स्थापनाकालदेखि आईसीटी क्षेत्रलाई प्राथमिकता दिन बारम्बार लबिङ गर्दै आएका थियौं । पछिल्लो बजेटले भने यस क्षेत्रमा सकारात्मक तरङ्ग ल्याएको छ,’ अध्यक्ष पोदारले भन्नु भयाे, ‘बजेटमा प्रस्तुत कार्यक्रम कार्यान्वयन हुने हो भने देश साँच्चिकै रूपान्तरणको…
वीरगञ्जस्थित कृषि औजार कारखानाले १० किसिमका कृषि औजार र उपकरण बनायाे
आर्थिक परिवेश१३ जेठ ,पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तथा उपकरण तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताउनुभयो । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उहाँले बताउनुभयो । यी औजार तथा उपकरणको मूल्य भने निर्धारण गरिसकेका छैनौँ”, उहाँले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भन्नुभयो…
नेपाल र चीन बीचका १४ वटै नाकाहरू संचालनमा
आर्थिक परिवेश१२ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका शनिवारदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि नेपालसंगका विभिन्न नाका बन्द गरेको थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल-चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषणा गर्नु भयाे । नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात…