सुनसरी मोरङ औद्योगिक करिडोरमा देखिएको समस्या १५ दिनमा समाधान हुन्छ : प्राधिकरण
आर्थिक परिवेश

१० वैशाख , काठमाडौं,।  नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ । विनाजानकारी उद्योगहरुको विद्युत आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरुबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारहरुसँगको भेटमा त्यस क्षेत्रमा देखिएको समस्या १०÷१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरुलाई आग्रह गर्नुभयो । यस वर्ष हिउँ र पानी नपरेर शुख्खायाम लम्बिंदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको प्राधिकरणले जनाएकाे छ । धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेसनको बे्रकर चुँडिएको र…

उधोग क्षेत्रले वातावरणमा पारेको असर न्यूनीकरण सम्बन्धमा छलफल
आर्थिक परिवेश

१० वैशाख, काठमाडाै ।  उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको संयोजकत्वमा उधोग क्षेत्रले वातावरणमा पारेको असर न्यूनीकरण सम्बन्धमा अाइतवार मन्त्रालयमा छलफल भएकोको छ । छलफलमा उद्योग परिसंघ, बिभिन्न उधोगीहरु, सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । छलफलमा संघ, प्रदेश तथा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रमहरुमा उधोग क्षेत्रबाट पर्न सक्ने असर न्युनुकरणका बिषयहरुलाई समावेश गर्नु पर्ने मन्त्रालयका सचिव डा तोय नारायण ज्ञवालीले बताउनु भएको थियो । त्यसैगरी  स्वीकृत गर्ने निकायहरुले स्वीकृत प्रतिबेदनमा उल्लेखित  पालना गरे नगरेको विषयमा नियमित अनुगमन गर्ने बिषयमा पनि छलफल भएको थियो । त्यस्तै मन्त्रालयले पर्साको सिर्सिया नदीमा प्रदुषण नियन्त्रणका लागि परियोजना संचालन गर्ने बिषयमा पनि…

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
आर्थिक परिवेश

१० वैशाख, काठमाडौँ।  नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुभएको छ। आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्‍याउन मुख्यसचिवलाई निर्देशन दिनुभएको हो। ‘नेपालमा बनेका सवारी साधन दर्ता नभएको भन्ने गुनासो…

नेपालमा ३१ अर्ब ८३ करोडको तयारी पोशाक आयात ३३ प्रतिशत याेगदान स्वदेशी उत्पादनको
आर्थिक परिवेश

८वैशाख,काठमाडौं।  कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोशाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्दै गएपछि तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोशाक उत्पादक सङ्घको भनाइ छ । कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । तत्कालीन समयमा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीका कारण आयात ठप्प जस्तै भयो । तत्कालीन समयदेखि स्वदेशी उत्पादनको खपत र माग दुवै बढ्न थालेको सङ्घको बुझाइ छ । कोरोना महामारीअघि विभिन्न नाममा स्वदेशी तयारी पोशाक बिक्री हुन भएपनि त्यसपछि भने नेपाली ब्राण्डमै…

नेपालभरका उद्योगलाई प्रतिस्पर्धी दरमा हरित ऊर्जाको पहुँच सुनिश्चित गर्नु आवश्यक छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

५ बैशाख, काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आवश्यक भएको बताउनुभएको छ । मंगलवारदेखि  सुरु भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको बताउनुभयो । आज नेपालले मौसमी रूपमा नै भए पनि उपभोग गर्नेभन्दा बढी ऊर्जा उत्पादन गर्छ भन्ने विश्वसामु घोषणा गर्न पाउँदा ठूलो गर्व लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रका लगानीकर्ता र सरकारको साझा प्रयासबाट जलविद्युत् परियोजनाहरूको विकासको गतिलाई थप तीव्र पार्दा नतिजा हासिल भएको स्पष्ट पार्नुभयो…