कृषि मन्त्रीबाट बीउ प्रशोधन केन्द्र उद्घाटन,कृषि नै नेपालीकाे जीवन
आर्थिक परिवेश

 ०९ मंसीर,भैरहवा ।   कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि नेपालीहरूको जीवन भएको बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय, भैरहवा, कोटहीमाई गाउँपालिका र श्री नवदुर्गा स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त ९२ लाख ९१५ रुपैयाँ लागतमा बीउ प्रशोधन केन्द्र उद्घाटन गर्दै मन्त्री भुसालले कृषि मानिसका लागि अत्यावश्यक भएको बताउनुभयो । ‘नलगाएर र नखाएर बाँच्न सकिँदैन, त्यसैले कृषि हाम्रो जीवन चक्र र जीवन हो’, उहाँले भन्नुभयो ‘यसैले सरकार कृषि क्षेत्रबाट उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्नुपर्छ भनेर लागेको छ ।’ उहाँले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी गरिबी हटाउने गरी यान्त्रीकरण र बजारीकरण गरिरहेको…

अलैँचीकाे हब बन्दै लमजुङ, किसानले भित्र्याए २४ करोड
आर्थिक परिवेश

०९ बेसीशहर, लमजुङ । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो । आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाई लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिनुभयो । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री भएको छ । गत वर्ष तीन…

चार महिनामा नेपालकाे व्यापार घाटा चार खर्ब ६१ अर्ब ९४ करोड
आर्थिक परिवेश

०८ मंसिर, काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधि सम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा नेपालले कूल  चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रूपैया बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार रूपैया बराबरको वैदेशिक व्यापार गरेकाे छ । यस अवधीमा नेपालले पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रूपैया बराबरको आयात गरेको छ भने  ५० अर्ब ५६ करोड ५३…

सर्वाधिक कर तिर्ने १६ कम्पनी र व्यक्तिलाई सम्मान गर्दै कर सप्ताह सम्पन्न
आर्थिक परिवेश

७ मंसिर, काठमाडौं ।  सरकारले राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९÷८०मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनी तथा व्यक्रिलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रमका बीच सम्मान गर्नु भएको छ । आन्तरिक राजस्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सम्मान कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय…

चार महिनामा सवा अर्बको सिमेन्ट र क्लिकंर निकासी,नगद अनुदानले बढ्याे सिमेन्टको व्यापार
आर्थिक परिवेश

०७ मंसिर,काठमाडौं।  चालु आर्थिक वर्षको चार महिनामा नेपालबाट १ अर्ब १३ करोड रूपैया बराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ। भन्सार विभागले बिहीबार प्रकाशन गरेको तथ्यांक अनुसार नेपालबाट ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएकाे उल्लेख छ । नेपालले २०७९ साउनदेखि सिमेन्ट निर्यात थालेको थियो। गत आर्थिक वर्षमा ७७ करोड ९३ लाखको भारत पठाएकोमा चालु वर्षको चार महिनामै एक अर्ब १३ करोडको निर्यात गरेको छ। केही वर्षअघिसम्म नेपाल सिमेन्ट र क्लिंकरमा परनिर्भरताकाे अवस्थामा थियो। विभागका अनुसार चार महिनामा ५८ करोड ५७ लाख बराबरको १ लाख ७४ हजार टन क्लिंकर र ५४ करोड ४९ लाख…