आयात घटाउने तथा निर्यात बढाउने गरी सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी छ : राष्ट्रपति
आर्थिक परिवेश०४ फागुन, काभ्रेपलाञ्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलान्चोक जिल्ला कृषि एवम् पशुजन्य उत्पादन र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । वृहत् काभ्रेपलान्चोक कृषि महोत्सवको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यहाँका उद्यमीहरू कृषि कार्यप्रतिको आकर्षण तथा रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायमा लागेको बताउनुभयो । उहाँले कृषिजन्य व्यवसायमा व्यापकता अभिवृद्धिमा यस महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण…
वीरगन्ज चिनी कारखाना सञ्चालन गर्न सकिने संसदीय टोलीकाे निष्कर्ष
आर्थिक परिवेश०४ फागुन, वीरगञ्ज । करिब दुई दशकअघि बन्द रहेको वीरगन्ज चिनी कारखानाको स्थलगत अवलोकनमा पुगेको संसदीय टोलीले कारखाना सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिले वीरगन्ज चिनी कारखानाको स्थलगत अवलोकन गर्दै यसलाई पुनः सञ्चालन गर्न सकिने सम्भावना रहेको जनाएको हो । उपसमितिका संयोजक तथा बारा–४ का प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले वीरगन्ज चिनी कारखानाको विषयमा गलत प्रचारबाजी भएको बताउँदै स्थलगत अनुगमनपछि आफूहरूले कारखाना चलाउन सकिने सम्भावना देखेको जानकारी दिनुभयो । सांसद श्रेष्ठले कुनै बेला वीरगन्ज चिनी कारखानाले देशभरको चिनीको…
प्रिमियम शतप्रतिशत सरकारले दिंदा पनि सुदूरपश्चिम प्रदेशमा कृषि बीमा कार्यक्रम प्रभावकारी हुन सकेन
आर्थिक परिवेश०२ फागुन, काठमाडौं । बीमा कम्पनी गाउँमा पुग्न नसक्दा सुदूरपश्चिम प्रदेशमा कृषि बीमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । कृषि बीमा गराउँदा किसानको पैसा नलाग्ने भए पनि कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न नसकेको हो । कृषि बीमा गर्दा सङ्घीय सरकारले बीमा शुल्कको ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशतसहित सतप्रतिशत शुल्क (प्रिमियम) सरकारले तिर्ने गरेको भए पनि सुदूरपश्चिममा कृषि बीमा गराउने किसानको सङ्ख्या बढ्न नसकेको बीमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख हृदयराज पण्डितले बताउनुभयो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म मुलुकभर कृषि, पशुपन्छी तथा जडीबुटी बीमा गराउनेको सङ्ख्या ७० हजार सात…
नेपालमा यस वर्ष करिव तीन कराेड ५० लाखकाे स्टिम गुलाफको माग
आर्थिक परिवेश२५ माघ, काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताउनुभयो । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उहाँको भनाइ छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम ८० देखि एक सयसम्म पर्ने उहाँले बताउनुभयो । आजबाट प्रणय दिवस सप्ताह सुरु भएको छ । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४…
सय /सय टन चुकन्दर र गाजर जर्मनी निर्यात हुने
आर्थिक परिवेश२१ माघ, भरतपुर, चितवन । चितवनबाट अर्ग्यानिक चुकन्दर र गाजर युराेपेली मुलुक जर्मन निर्यात हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित प्रभात प्राङ्गारिक कृषि उत्पादन केन्द्र लगायत चितवनका एक दर्जन किसानले गरेका उत्पादन अगर््यानिक भ्याली बिक्रेता मार्फत प्रशोधन गरेर निर्यात गर्न लागिएको हो । जिल्ला प्राङ्गारिक संघ, चितवन मार्फत फागुनको अन्तसम्ममा सय टन चुकन्दर र सय टन गाजर निर्यात गर्न लागिएको प्रभातका सञ्चालक किसान छविलाल न्यौपानेले जानकारी दिनुभयो । चुकन्दर र गाजर उत्पादन र निर्यातको लागि पेश्की रकम समेत प्राप्त भइसकेको उहाँले बताउनु भयो । अर्ग्यानिक चुकन्दर र गाजरको माग जर्मनमा उच्च माग भएको कारण आगामी…