सल्यान जिल्लामा साउन ५ गते सम्ममा ९८ प्रतिशत धान रोपाई सकियाे
आर्थिक परिवेश६ साउन, सल्यान । सल्यान जिल्लामा साउन पहिलो सातासम्ममा ९८ प्रतिशत धान रोपाई सकिएको छ । आकाशे पानीको भरमा लगाइने खेत र ढिलो बीउ राखेका केही खेतमा बाहेक अन्य खेतमा धान रोपाई सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कृषि विकास कार्यालय सल्यानले जिल्लामा कहिकतै छिटफुट बाहेक अधिकांश क्षेत्रमा धान रोपाइ सकिएको जनाएको छ । कार्यालयका अनुसार गत वर्षको भन्दा यस वर्ष धान उत्पादनको क्षेत्रफल घटेको छ । गत वर्ष जिल्लामा ७ हजार १२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसबाट करिब ३० हजार ५ सय मेट्रिकटन धान उत्पादन भएको थियो । गएको वर्षको तुलनामा यस बर्ष २२…
साउन ५ सम्म ६८ प्रतिशत मात्र रोपाइ सम्पन्न गतबर्षको भन्दा २० प्रतिशत कम
आर्थिक परिवेश५ साउन, काठमाडौं । साउन ५ गतेसम्ममा मुलुकभर ६८ प्रतिशत रोपाइ सम्पन्न भएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले गत वर्ष २०७९ को श्रावण ५ गतेसम्म ८८ प्रतिशत रोपाइ सम्पन्न भएको थियो । यस हिसावले गत वर्षको यस अवधिको तुलनामा यस बर्ष २० प्रतिशतको हाराहारीमा कम रोपाइ भएको मन्त्रालयले उल्लेख गरेको छ । यस अवधीमा मुलुकभरको १३ लाख ५७ हजार ८ सय १६ हेक्टरमा रोपाइ सकिएको छ । विशेषगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण रोपाइमो कमी देखिएको मन्त्रालयले उललेख गरेको छ । कर्णाली प्रदेशमा विशेषगरि गोरुमा लम्पी स्कीन रोगका कारण गोरुको…
नेपालमा उत्पादित हाईलेज घाँस चीनतर्फ औपचारिक रुपमा निर्यात
आर्थिक परिवेश३० असार, चितवन । नेपालमा उत्पादन भएको हाईलेज घाँस शनिवारबाट औपचारिक रुपमा चीनतर्फ निर्यात शुरु भएको छ । शनिवार चितवनको भरतपुरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपालका लागि चीनिया दूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हाइलेज निर्यात कार्यको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुभारम्भ गर्नु भयाे । निर्यात कार्यको शुभारम्भ गर्नु हुँदै गृहमन्त्री श्रेष्ठले चितवनबाट चीनमा हाईलेज घाँस निर्यात हुनु ऐतिहासिक उपलब्धी भएको बताउनुभएको भयो । उहाँले हाइलेज निर्यातले नेपालको निर्यात सुधारका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले हाईलेज निर्यातले नेपालको आयात प्रतिस्थापन व्यापार घाटा कम र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको…
असार २९ गतेसम्म मुलुकभर ५३ प्रतिशत मात्र रोपाइ : कृषि मन्त्रालय
आर्थिक परिवेश२९ असार, काठमाडाै । समयमा बर्षा नहुँदा असार २९ गतेसम्म मुलुकभर ५३ प्रतिशत मात्र रोपाइ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि विभागले प्रदेशसंगको समन्वयमा तयार गरेको विभिन्न प्रदेशको असार २९ गते सम्मको धान रोपाइको तथ्यांक सार्वजनिक गर्दै त्यसताे जानकारी गराएकाे हाे । गत वर्ष २०७९ को असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइ सम्पन्न भएको थियो । यस हिसावले गत वर्षको यस अवधिको तुलनामा १२ प्रतिशतको हाराहारीमा कम रोपाइ भएको देखिन्छ । विशेषगरि मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण यो कमी देखिएको हो । कर्णाली र सुदुरपश्चिम प्रदेशमा विशेषगरि गोरुमा…
बन्द भएको चितवन मिल्क हाल दैनिक एक लाख लिटर दूध प्रशोधन गर्दै
आर्थिक परिवेश२६ असार, भरतपुर । नेपालकै सबैभन्दा ठूलो पाउडर दुधकाे प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गर्न थालेकाे छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुरयाएको हो । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताउनुभयो । चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ रहेकाेमा असार महिनामा उद्योगमा दूधको अभाव छैन । बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म उद्योग सञ्चालन हुने गरेको उहाँले जानकारी दिनुभयो । पाउडर र बटर बनाउनका लागि यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न जिल्लाका…