पोखराबाट काठमाडौँ हुँदै धुलिखेलसम्म विद्युतीय बस सेवा
आर्थिक परिवेश०७ फागुन, पोखरा । नेपालकाे पर्यटनको राजधानी पोखरादेखि काठमाडौँ हुँदै धुलिखेलसम्मको लागि ईभी विद्युतीय बस सेवा सुरु भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध पोखरा जगदम्बा ट्राभल्सले लामो दूरी पोखरा–काठमाडौँको धुलिखेल/बनेपा रुटमा ईभी लक्जरी बस सेवा सुरु गरेको हो । बुधबारदेखि सञ्चालनमा आएको सो सेवा दुई वटा सुविधा सम्पन्न इलेक्ट्रिक बस मार्फत सेवा विस्तार गरेको पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताउनुभयो । उहाँले ३५ सिट क्षमताको ईभी लक्जरी बस सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । जहाजसरह आरामदायी सिट सुविधा रहेको बसको भाडादर पोखरा–धुलिखेल/बनेपाका लागि जम्मा ९ सय रुपैयाँ निर्धारण गरिएको उल्लेख गर्नु भयाे । उहाँले जगदम्बाको ब्राण्ड रुचाउने…
अन्नपूर्ण क्षेत्रमा २५ वर्षमा २६ लाख ३२ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक परिवेश२६ माघ, काठमाण्डौ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी दुई लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १०५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’को आँकडाले देखाएको छ । कोभिड–१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा भारी गिरावट आएको थियो । सन् २००१ देखि सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम सङ्ख्यामा पर्यटक आएकामा सन् २०११…
बुढामगरले गरे विश्वका सातै महादेशका अग्ला चुचुराको आरोहण
आर्थिक परिवेश२८ पुस,बेलायत। समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहनुभएका र दुबै खुट्टा नभएका हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला चुचुराको आरोहण पुरा गर्नुभएको छ । “शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो । “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ छु ।” ४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिनुभएका हरि विश्व समुदायकै लागि…
२०२५ मा ११ लाख ५८ हजार पर्यटकले नेपाल भ्रमण गरे
आर्थिक परिवेश१७ पुस, काठमाडौं । गत सन् २०२५ मा नेपाल भ्रमणमा अाउने पर्यटको संख्याले नयाँ रेकर्ड बनाउन सकेन् । गत बर्षकाे हाराहारिमा पर्यटकले नेपालकाे भ्रमणा गरेका छन् । सन् २०१९ मा अहिलेसम्मकै धेरै ११ लाख ९७ हजार १ सय ९१ पर्यटकलाई स्वागत गरेको नेपालले २०२५ मा भने त्यो संख्या नजिक पुगेर पनि कीर्तिमान छुन नसकेको हो । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार २०२५ मा कुल ११ लाख ५८ हजार ४ सय ५९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो २०१९ को तुलनामा ३ प्रतिशत कम हो । २०२४ को तुलनामा भने ३.९ प्रतिशतले आगमन बढेको…
लुम्बिनी लायन्स बन्याे एनपिएल च्याम्पियन
आर्थिक परिवेश२७ मंसिर,काठमाण्डाै । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। बलर चम्किँदा लुम्बिनीले सहजै जित हासिल गरेको छ। सुदूरपश्चिम दोस्रो पटक फाइनलमा पराजित भएको छ। गत सिजनमा पनि फाइनलमा जनकपुर बोल्टससँग पराजित हुँदै सुदूरपश्चिम उपाधिबाट चुकेको थियो।