
धेरै भन्दा धेरै पर्यटक भित्र्याउन नेपाल भारत चीन एक्सपो आयाेजना गरिने
आर्थिक परिवेश१६ मंसिर काठमाडौँ । नेपालमा पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ आयाेजना गरिने भएकाे छ । आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्सपो मेला आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य हुने छ । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक्स्पोमा एकसय भन्दा बढी क्रेता, ८० भन्दा बढी बिक्रेता, भारत…

२०२४ काे ११ महिनामा १० लाख ५५ हजार पर्यटकले नेपालकाे भ्रमण गरे
आर्थिक परिवेश१६ मंसिर, काठमाडौं । सन् २०२४ को ११ महिनामा दश लाख ५० हजार बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो । सन् २०२४ नोभेम्बरमा मात्र १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । ‘पछिल्लो ११ महिनाको तथ्यांकबाट पर्यटन उद्योगले केही आशा गर्ने ठाउँ देखाएको छ,’ पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताउनु भयो । नोभेम्बरमा भारतबाट १९…

होटललाई उद्याेग सरह विद्युत उलब्ध गराउन माग
आर्थिक परिवेश१३ मंसिर, काठमाडौँ । देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान) ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेकाे छ। सङ्घका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले बिहिवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर होटल क्षेत्रलाई उत्पादन मूलक उद्योगले पाएको विद्युत् छुट सरहको सुविधा दिन माग गरेको हो । हानले होटलमा विद्युतीय चुल्हो राख्नका लागि आवश्यक नीति बनाउनुपर्ने, होटललाई समेत टाइम अफ डे (टिओडी) मिटर प्रदान गर्ने व्यवस्था लागू गरी प्रोत्साहित नीति लिन मन्त्रीसमक्ष आग्रह गरेको छ । होटल व्यवसायीहरूले औद्योगिक व्यवसाय ऐन, २०५६ को दफा ३ बमोजिम होटल उद्योगमा दर्ता हुनुपर्ने र पर्यटन ऐन २०३५ को…

नेपाल एयरलाइन्सकाे अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट घाेषणा
आर्थिक परिवेश०६ मंसिर, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुटकाे घाेषणा गरेकाे छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम रु दुई हजार पाँच सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिने निर्णय भएकाे बताउनु भयाे । निगमले काठमाडौँबाट भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर सेक्टरका लागि बजार भाडादरमा रु दुई हजार पाँच सयसम्म छुट दिइने जनाएकाे छ । त्यसतै कतारको दोहा, युनाइटेड अरब इमिरेट्स ९यूएई०को दुबई, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिताकाे उडानमा पाँच हजारसम्म छुट दिइएको निगमले जारी विज्ञप्तिमा उल्लेख छ । हवाई भाडादर घटाउन संस्कृति, पर्यटन…

हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन
आर्थिक परिवेश०५ मंसिर,काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हवाई भाडा वृद्धिबारे मन्त्रालयमा छलफलका लागि बोलाइ वायुसेवा कम्पनीहरूलाई भाडा वृद्धिबारे पुनर्विचार गर्न निर्देशन दिनुभएको हो । “हामीले नागरिकहरूकै सेवा भनेर हवाई कम्पनीलाई सहुलियत दिएका थियौँ । तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ”, मन्त्री पाण्डेले भन्नुभयो, “नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले गरेको व्यवहारले म निकै दुखी छु ।” यसअघि हवाई सेवा कम्पनीले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन…